सिराहा । सिराहाका एसइइ परिक्षा केन्द्र आफ्नो अनुकुल राख्न व्यापक रुपमा आर्थिक चलखेल भएको गुनासो आएको छ।  चैत १७ गते हुनगईरहेको एसइइ परिक्षाको केन्द्र तोकिए लगत्तै शिक्षा अधिकारी माथी आर्थिक सेटिङको आरोप लागेको छ ।

निजी विधालयहरुले आफ्नो अनुकुल केन्द्र तोक्न अधिकारीलाई ठूलो रकम दिएको आशंका छ । तोकिएको केन्द्रको बिषयमा सिराहाका सिडियो भोजराज खतिवडालाई प्रश्न गर्दा वहाँले भन्नू भयो 'यस बिषयमा मलाई केही थाहा छैन । पहिलाकै सिडियोले निर्णय गरेको होला ।" परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेको सिडियो खतिवडालाई समेत जानकारी नदिई तोकिएको परीक्षा केन्द्रको बैधानिकता माथि प्रश्न चिन्ह खडा भएको छ ।

त्यसैगरी जिल्ला समन्वय समितिका सिराहा सभापति दिनेश महतोले भन्नुभयो 'मलाई समेत परीक्षा केन्द्र तोकिएको विषयमा कुनै जानकारी छैन। वहाँले यस  विषयमा शिक्षा अधिकारी संग कुरा गर्ने बताउनुभयो ।

उता जिल्ला शिक्षा अधिकारी रामवृक्ष महतोले परीक्षा समन्वय समितिको अध्यक्ष सिडियो खतिवडाको अध्यक्षतामा बसेको बैठकले नै यस्तो निर्णय गरेको दावी गर्नुभयो । अधिकारी महतोले थप्दै भन्नुभयो 'जे भयो- भयो अब हामी परीक्षा मर्यादित तरिकाले लिन्छौ ।'

पार्टीगत लबिङको हिसाबले तोकिएको केन्द्र अहिले चर्चा र चिन्ताको बिषय बनेको छ ।