रासिन्द्र यादव

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका वडा न. १ मल्हनियाँमा रहेको साना किसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका कार्यवाहक अध्यक्ष चानो देवी रामको सभापतित्वमा आज सम्पन्न भएको कार्यक्रममा सप्तरी ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र कुमार सिंह यादव प्रमुख अतिथी रहनुभएको थियो भने बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव बिशिष्ट अतिथी रहनुभएको थियो ।
received_539072858144212
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताए । उनले किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरु संचालन भैरहेको बताए ।
received_526191932790177
'हामी किसान साना भन्छौ मजदुर साना भन्छौ कसले भन्यो साना सबै भन्दा ठुला भनेकै यो देशमा किसान र मजदुरहरु हुन् उनीहरुको रातदिनको मेहनतले आज हामी ताजा खाने कुराहरु खाईरहेका छौ , राम्रा महलहरुमा बस्न पाइरहेका छौ' उनले भने - 'तर अब हाम्रा किसान दाजुभाईहरुले कृषिलाई केहि अधुनिकिकरण गर्नुपर्यो ।' उनले अब कृषिलाई परम्परागत भन्दा पनि बैज्ञानिक तबरले अगाडी बढाएर ब्यबसायीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।
received_871719283967785
त्यसैगरी गा.पा अध्यक्ष यादवले आफुले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उनले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए पालिका सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा संस्था प्रबन्धक विवेक कुमार चौधरीले आय: व्यय प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बलान बिहुल गा.पा उपाध्यक्ष रेणु देवी यादव, बलान बिहुल १ का वडा अध्यक्ष रामकुमार यादव, राम नगर साना किसान कृषि संस्थाका अध्यक्ष रामचन्द्र यादव, डाक्नेश्वरी न.पा ५ स्थित साना किसान कृषि संस्था अध्यक्ष सत्यनारायण यादव, जसपा नेता अरविन्द्र सल्हैता, जय माँ लक्ष्मी साना किसान संस्था रामनगरका अध्यक्ष जिवेन्द्र यादवलगायतले आफ्ना आफ्ना मन्तव्य राखेका थिए। कार्यक्रम संचालन दिगम्बर यादवले गरेका थिए भने स्वागत मन्तव्य रामसेवक यादवले दिएका थिए। कार्यक्रममा उत्कृष्ट ऋणी समूह न ७ बाट सजन कुमारी चौधरी प्रमुख अतिथि सिंहद्वारा, ब्यक्तिगत बचत समूह न ५५ को अचलन देबी ठाकुर गा पा अध्यक्ष् यादवद्वारा र पशुपालन ऋणी समूह न ९१ बाट फुलकुमारी यादव गापा उपाध्यक्ष रेणु यादवद्वारा सम्मान गरिएको थियो ।