सिराहा । भारोत्तोलन खेल छनौट प्रतियोगिता विजेतालाई सप्तरी अधिकृत दिलिप  यादवले शुभकामना तथा बधाई दिएका छन् । ९औं  राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा प्रथम, द्वितीय तथा तृतीय भएका खेलाडीहरुलाई सम्मान गर्दै अधिकृत यादवले आगामीको राष्ट्रिय खेलमा समेत सफलता हासिल गर्न प्रोत्साहन गरेका छन् ।

असोज ४ गते राजबिराजमा शुरु भएको छनौट प्रतियोगिता ७ गतेको समाप्ति संगै सिराहाका खेलाडीहरुले केन्द्रिय खेलमा स्थान पाएका छन् । भारोत्तोलन खेलका लाहान -सिराहा प्रशिक्षक हेम शंकर चौधरी (रोशन)को अनुसार सिराहाबाट ९ जना पुरुष २ जना महिला गरी  जम्मा ११ जनाले भाग लिएका थिए । महिला तर्फबाट ८७ किलो समुहकी मनिता चौधरीले प्रथम भए वापत गोल्ड मेडल हात पार्न सफल भईन भन्ने उता पुरुषको तर्फबाट १०९ बढी किलोको समुहबाट प्रताप चौधरीले गोल्ड मेडल पाए ।

त्यसैगरी उक्त प्रतियोगितामा ५५ किलो समुहबाट उषा चौधरी, ८९ किलो समुहबाट अमन चौधरी द्वितीय र ६७ किलो समुहबाट पवन शर्मा सापकोटा तृतीय र ७३ किलो समुहको सुनिल कु. चौधरी तृतीय भएको जानकारी प्राप्त भएको छ।

उता प्रदेश स्तरीय कबड्डी खेलमा समेत सिराहाबाट २ जना राष्ट्रिय खेलको लागि छनौट भएको कबड्डीका प्रशिक्षक बिरेन्द्र (बिरु) यादवले जानकारी दिएका छन् ।

छनौट भएका सम्पुर्ण खेलाडीलाई हौसला प्रदान गर्दै सप्तरी महदेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले सम्मान गरेका छन् । अधिकृत यादव लाहानका स्थानीयको हिसाबले गर्न सक्ने अन्य सहयोगको लागि समेत अगाडि रहने प्रतिबद्धता जाहेर गरे । यादवले छनौट प्रतियोगिताको लागि समेत खेलाडीलाई भव्यताको साथ राजबिराजको लागि विदाई गरेका थिए ।