सिराहा । आजको सन्दर्भमा बिश्वका अधिकान्स बिकसित मुलुकले हप्ताको दुई दिन बिदा दिदै आएको यथार्थ हाम्रो सामु छ । नेपालमा पनि यसको परिक्षणका निम्ति सरकारले हप्ताको दुई  दिन सार्वजनिक बिदा दिने  निर्णय गरेको छ।तर यसको विरुद्धमा जनस्तरमा निकै असन्तुष्टिहरु देखिन्छ ।


कतिपय स्थानीय तहले यो निर्णयको अवग्या गर्दै शनिबारको दिन मात्र बिदा दिने निर्णय गरेका छन । हाल सरकारले इन्धन खपतमा कमि हुने कुराको हवाला दिद यस्तो निर्णय गर्नु परेको बताएका छन। तर दुई  दिन बिदा दिनुको पछाडी एउटा मात्र हैन अनेक कारणहरु छन। आज नेपालले अभ्यास गर्न लागेको दुई दिने बिदाको सम्बन्ध केवल इन्धन खपत कम गर्नु सङ मात्र नभइ यसका अनेक पक्षहरुलाइ कोट्याउनु पर्ने आवश्यकता देखिन्छ। सरकारको प्रतिवेदनअनुसार मासिक २० लाख लिटर पेट्रोल र 12 लाख लिटर डिजलको खपत कटौती हुने देखिन्छ भने अर्को तिर त्यतिकै मात्रामा कमसेकम २० लाख लिटर इन्धन सेवाग्राहिको तर्फबाट खपतमा कटौती हुने देखिन्छ ।


त्यसैगरी निजि बिद्यालय र कलेजहरुले खपत गर्ने १० लाख लिटर बराबरको डिजल को खपतमा  कमि हुन सक्छ । अर्थात कमसेकम ६२ लाख लिटर इन्धन मासिक कटौती हुन आउँछ। यसले वैदेशिक मुद्रा संचितिकरनमा सहयोग पुग्नुको साथै देशको अर्थतन्त्र जोगाउन सहायक हुने देखिन्छ। मासिक ६२ लाख लिटर इन्धन खपत कम हुदा यसको सकारात्मक प्रभाव पर्यावरणमा पर्छ। हामिलाई पर्यावरण जोगाउनमा मद्दत पुग्दछ जुन अहिलेको सबै भन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ। बातावरनिय ह्रासलाइ रोक्नको लागि पर्यावरण जोगाउनु आवश्यक छ। एक दिन बिदाले मात्र इन्धन खपत रोकिने होइन यसको साथ साथै बिलासी गाडी खरिद र प्रयोगमा रोक लगाउनु पनि उतिकै जरुरि छ।


निजि सवारी साधनहरुको प्रयोगलाइ निरुत्साहित गर्दै सार्बजनिक सवारी साधनलाई ब्यवस्थित बनाउन तर्फ ध्यान पुर्याउनु आवश्यक छ। एक दिनको बिदाले सरकारी कार्यलयहरुमा हुने पानी बिजुली र खाजा खर्चमा समेत कटौती हुन्छ र देशको आर्थिक भार कम हुन सक्छ । यसको एउटा सब भन्दा महत्त्वपूर्ण पक्ष के हो भने यसले कर्मचारीहरुको पारिवारिक जिवनमा टेवा पुग्दछ । कर्मचारीहरुको कामको प्रेसर अत्याधिक र परिवारसङ बिताउने समयको अभाव हुदा पारिवारिक कलह भइ  विभिन्न यौन बिकृतीहरु फैल्ने , श्रीमान श्रीमतीको बिच सुमधुर सम्बन्ध नहुने र सम्बन्ध बिच्छेदका घट्नाहरुमा बृधी हुँदै गएको देखिन्छ । कतिपय केसमा बुढा बुढी जागिरे हुदा छिमेकी जिल्लामा कार्यरत भएर पनि  बिदा नहुदा भेटघाट नभएको महिनौ पुग्दछ र ब्यक्तिगत जिवनको सम्बन्ध असन्तुलित हुन जान्छ । अर्को तिर अभिभावक र बालबालिकाको सम्बन्ध पातलिएको छ । आमा बुवा हप्तौं काममा ब्यस्त र बालबालिका पढाइमा ब्यस्त हुदा एक अर्कालाई बुझ्ने समय नभएर बालबालिकाको गतिबिधी बारे अभिभावक हरुलाइ थाहा नै हुदैन। बालबालिकाहर लागू पदार्थको दुरब्यसनमा लागेको समेत थाहा पाउदैन  जुन कि अहिले समाजमा बिकराल रुप लिदैछ । कर्मचारीहरु सङ समय हुदा उसले आफ्नो पारिवारिक जिबनलाइ ब्यवस्थित बनाउनुको साथै बालबालिकाहरुका बानी बेहोरा सुधार गरेर सहि दिशा देखाउन सक्छ।


आज अधिकान्स अभिभावकहरुको बच्चाहरु सङ भेटघाट र सम्बाद नहुदा हाम्रो संस्कृति र सभ्यतामा यसको असर पर्दै गएको देखिन्छ। हाम्रो सान्स्कृतिक मुल्यमा ह्रास हुँदै आएको यथार्थ हाम्रो सामु छ।अर्को तिर कर्मचारीहरु आफ्नो सामाजिक जिवनलाइ ब्यवस्थित र सन्तुलित बनाउन सक्छ। सामाजिक र ब्यक्तिगत सम्बन्ध बलियो हुन पुग्छ। दुई दिनको समय  उसले आफ्नो कृशि कार्य र करेसावारीमा लगाउनाले देशको उत्पादकत्वमा समेत वृद्धि हुन जान्छ । जसले महङाइको भारलाइ थोरै भएपनी कम गर्न सक्छ। बिदाको दिन घुम्न चाहे देशको आन्तरिक पर्यटनमा टेवा पुग्दछ भने ब्यक्तिगत जीवन सन्तुलित र मानसिक स्वास्थ्य मजबुत हुन्छ  , साथै काम गर्ने जोश जागर पैदा हुन्छ र काममा प्रोडक्टिभिटिको वृद्धि  हुन्छ ।  बिदाको दिनमा बालबालिकाले के गर्ने भन्ने कुराको बारेमा भन्नुपर्दा अहिले हाम्रो बालबालिकाहरुलाइ आइतबारदेखि शुक्रबार सम्म बिहान बेलुका सम्म घोक्न लगाइन्छ । बिहान कोचिङमा बोलाउने र बेलुका सम्म कक्षामा थुनेर राख्ने प्रवृत्तिले बालबालिकाहरु शारीरिक एवम मान्सिक रुपले थकित हुन्छ । उनिहरुलाइ पढाइ प्रती रुचि नै हुदैन । छ दिन पढाएको सैद्धान्तिक कुरालाइ रिभाइज गर्न समेत फुर्सद हुदैन । एक दिन शनिबार त बच्चाहरुको पर्सनल हाइजिनका कुरामा बित्छ अर्थात ब्यक्तिगत सरसफाइ र ड्रेस र उनिफर्महरु अर्को हप्ताको लागि तयार गर्नमा । यस्तो स्थितीमा बच्चाहरु हप्ता दिनको कुरा रिभाइज गर्ने , होमवर्क गर्ने कि खेलकुद गर्ने । यस्तो परिस्थितिमा बच्चाहरुको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पर्दो रहेछ । हामी चाहन्छौ कि हाम्रो बच्चा सातै दिन पढाइमा ब्यस्त रहोस र हामी दिन रात प्रेसर बनाउछौ पनि त्य्सको बावजुद अपेक्षित परिणाम आउदैन । घर देखि बिद्यालय सम्म प्रेसर कृएट गर्ने कुरा मात्र हुन्छ ।


हामीले बुझ्नु पर्ने हो बच्चाको दिमाग हो कुनै प्रेसर कुकर हैन कि त्यसमा दाल हालेर पाँच सिटि लगाइदिने । उनिहरुलाई उचित समय चाहिन्छ पढेका कुरा सम्झनलाइ , सोच्नलाइ र आफ्नो शारीरिक एवम मान्सिक स्वास्थलाई ख्याल गर्नलाइ । बच्चा टिचरको डरले  घर आउदा पनि  आठ आठ वटा बिषयको होमवर्क गर्न १२ बजे राती सम्म लागेका हुन्छ कि बिहान सर म्यामलाई के देखाउने भनेर । होमवर्क पनि बच्चाहरुलाइ गायत्री मन्त्र जस्तो घोक्न लगाइन्छ । अनि हामी अपेक्षा गर्छौ कि बच्चाहरुमा सिर्जनशिलताको बिकास होस । त्यसको लागि बच्चाहरुसङ खेलकुद गर्ने र हप्ता दिन पढेका कुरालाइ सम्झन र बुझ्न समय पनि चाहियो।  प्रेसर दिएर हामी बच्चालाई सुगा जस्तो बनाउन सक्छौ तर उसमा सिर्जनात्मक क्षमताको बिकास गर्न सक्दैनौ। झन पहाड तिरका बिद्यालयमा बालबालिकाहरुलाइ हप्ताको ६ दिनसम्म  घन्टौ हिडेर बिद्यालय पुग्नु पर्छ । उनीहरु शारीरिक र मानसिक रुपले थकित हुन्छ  र पढाईमा रुचि घटदै जान्छ । बालबालिका पढाई लाई बोझ मान्ने प्रवृत्तिले अनेकौ समस्याहरु देखापरेका छन  : ड्रोप आउट हुने , कक्षामा अनुपस्थित हुने ,पढाईमा निस्कृय हुने र  शिक्षकलाइ नटेर्ने इत्यादि ।बालबालिका करले हैन रहरले बिद्यालय पुग्नुपर्ने हो।


यसर्थ बिद्यालयमा पाँच दिन पढाएर दुई दिन उनिहरुलाइ होम असाइन्मेन्ट / प्रोजेक्ट वर्क दिएर पठाउने हो ताकी उनिहरु नेट इन्टरनेट र किताबहरुको सहयोग लिएर असाइनमेन्ट पूरा गरोस जसले गर्दा उनिहरुको सिर्जनात्मक क्षमतामा बृधी हुनुको साथै स्व अध्ययन गर्ने बानिको बिकास होस। अधिकान्स शिक्षाबिद र अभिभावकहरुको चिन्ता के देखिएको छ भने समयमा कोर्स कसरी पूरा हुन्छ । यसको लागि पाठ्यक्रममा भएका अनावश्यक सैधान्तिक भारलाइ कम गर्ने र प्रयोगात्मक क्रियाकलापमा बृधी गर्ने जसले गर्दा  कोर्स समयमै सकिन्छ पनि र विद्यार्थीहरुमा गरेर सिक्ने बानिको बिकास पनि हुन्छ। आठ वटा बिषय पढाउनुको म त्यति आवश्यकता देख्दिन । यसले बालबालिकाहरुमा अतिरिक्त मानसिक तनाव बढाउने बाहेक अरु केही गर्दैन। फिनल्यान्ड जस्तो बिश्वको उत्कृष्ट शिक्षा प्रणाली मानिएको देशमा पाँच वटा बिषय मात्र पढाइ हुन्छ भने हामिले पनि अनिवार्य बिषय बाहेकका बिषयहरुलाइ मर्ज वा इन्टिग्रेट गरेर कोर्स भार घटाउन सक्छौ । हामिले परम्परागत शिक्षण विधि र बिद्यालयको शैक्षिक बाताबरणलाई सुधार गर्यौ भने सम्भव देखिन्छ। तर कुनै कुराको प्रयोग नगरिकन नकारात्मक वा सकारात्मक भन्नू मलाई  उचित लाग्दैन । त्यसैले परिक्षणको रुपमा दिएको दुई दिन बिदाको निर्णयलाई कसरी प्रभावकारी बनाउने हो त्यतातिर ध्यान दिनु उचित होला अनि मात्र यो सफल हुन्छ । यसको नकारात्मक भन्दा सकारात्मक पक्ष नै बढि देखिन्छ भने मेरो बुझाइ हो। यसमा तर्क सङत प्रतिक्रियाको लागि म सबैलाई आग्रह गर्दछु।

 लेखक : राम सुफल सदाय 
लहान , सिरहा