सिराहा । नेपाली कांग्रेस सिरहाको जिल्ला सभापति पदमा देउवा पक्षबाट विभिन्न नेताहरुको नाम आईरहेको हल्ला अफवाह साबित भएको छ । गत आईतवार बेलुकी रामचन्द्र यादवले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमानमा पनि सिरहा कांग्रेसको जिल्ला सभापति रहेका यादव शेरबहादुर देउवा निकट मानिन्छन्  । उनी पुर्व सांसद पनि हुन ।

देउवा पक्षबाट कसले उम्मेदवारी दिने अडकलबाजी भईरहदा नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादवलगायतका नेताले यादवको जिरोमाईल स्थित निवासमै भेटेर सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए ।


रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् ।‘पहिलो पटक भन्दा यसपटक दोब्बर मतले विजयी हुन्छु' उनले थप्दै भने । 

युवा नेताको रुपमा आफ्ना कार्यकर्ताहरुको बिच लोकप्रिय रहेका रामचन्द्रले नेपाली काङ्ग्रेस सिराहाको संगठन निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । उनको उम्मेदवारीले उनका कार्यकर्ताहरुमा खुशी छाएको छ ।