सिराहा । लाहानका जे.एस मुरारका क्याम्पस ६ महिना लामो लकडाउन बेलाको समेत शुल्क उठाईरहेको खबर छ । ६ महिना लामो लकडानमा बस ठप्प रहेपनी शुल्क बुझाउनु पर्दा बिद्यार्थीहरु चिन्तित छन।

सरकारले लकडाउन समयको शुल्क कुनैपनी शैक्षिक संस्थालाई नउठाउन निर्देशन जारी गरेपनी लाहानका अधिकान्स बिधालय तथा कलेजहरुले मनोमानी गर्न थालेका छन् ।

जे.एस क्याम्पसमा अध्यनरत छात्र-छात्राको एक समुहले नाम सार्वजनिक नगर्ने शर्तमा शुल्क उठाएको प्रमाण सहित डि.एम खबरलाई बुझाएका छन् । विधार्थीहरुको अनुसार कलेजले अभिभावकको ढाड सेक्ने गरि बिजुली बापत प्रती जना ३०० का दरले बिलिङ गरेका छन् । उता पुस्तकालयमा समेत बिद्यार्थीहरुको असन्तुष्टि रहेको छ । उनीहरू भन्छन् 'पाठ्यक्रम अनुसारको किताब उपलब्ध छैन तर शुल्क तिर्नुपर्ने बाध्यता छ ।'

क्याम्पस प्रमुख तुलसी पोखरेलका अनुसार विधार्थीहरुले नबुझेको मात्र हो । भर्ना भएको अनुसार पहिलो किस्ता तिरेपछी अर्को किस्तामा बस भाडा जोडिने छैन । बिजुली बापत प्रती विधार्थी ३०० शुल्क किन लिनुभयो भने प्रश्नको उत्तरमा वहाँ ले भन्नुभयो "यो सरासर गलत आरोप हो । हामीले विजुली बापत पैसा उठाएका छैनौं ' तर वास्तविकता फरक रहेको छ । जारी गरिएको बिलमा विजुली बापत ३०० रुपैयाँ लिईएको छ । विधार्थीहरुले लकडाउन र विजुली बापत लिईएको रकम फिर्ता गर्नुपर्ने माग राखेका छन् ।