सिराहा । सिराहाको लतियाहीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । स्थानीय युवा नेता तथा वडा न. १ का अध्यक्ष जामुन प्रसाद यादव र बिद्यार्थी नेता दिपेश यादवको अगुवाइमा  विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

स्थानीय नेता जामुन प्रसाद यादवको अध्यक्षतामा बसेको एक बैठकमा पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय भएको श्रोतले जनाए । पार्टी प्रवेश कार्यक्रममा बिद्यार्थी नेता दिपेश यादवले नव प्रवेशीलाई अबिर लगाएर सम्मान गरेका थिए।