सिराहा । गरिबी, अशिक्षा, बेरोजगारीलगायतको समस्यालाई निवारण गर्न देशमा नेपाली काङ्ग्रेसको अहम भुमिका रहेको भन्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा महासमिति सदस्य सुर्यनारायण यादवले अब सबै एकजुट भई परिवर्तनको पथमा जानुपर्ने आवस्यकता रहेको बताए । 

सिरहाको सखुवानानकारकट्टी गाउँपालिका ३ मा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता यादवले देश बदल्न जरुरी छ र त्यो नेपाली काङ्ग्रेसले नै गर्छ भन्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको यादवले त्यसो बताएका हुन ।

कार्यक्रममा उपस्थित नेता देवनाथ यादव, पुर्व सभापति देव नारायण यादव, सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्यासी तनुक लाल यादव, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य संजय कुमार यादवलगायतले शुभकामना मन्तव्य दिदै देशको अभिभारा नेपाली काङ्ग्रेस माथि आएकोले उक्त जिम्मेवारी संगठित भएर वहन गर्ने जनाए ।