सिराहा : प्रदेश २ सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले आज २०७८ कार्तिक २ गते सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा बिदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु भोलि बुधवारबाट मात्र संचालनमा आउने जनाइएको छ ।