सिराहा । सिराहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ । पालिकाले गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  गरेको र सूचना नदिईकन कार्य गरेको विरुद्ध उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालत जनकपुर राजबिराज इजलास न.४ का  न्यायाधीश डा. रबि शर्मा अर्यालले विपक्षीहरुको नाउँमा निवेदनको माग बमोजिमको अन्तरिम आदेश जारी गरेको हो । 


गाउँपालिकामा गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  संस्थागत गरेको र सूचना नदिइएकिन कार्य गरेको विरुद्ध पालिकाको कार्यालय लगायत ५ जना विरुद्ध उत्प्रेषण परमादेश लगायत निषेधाज्ञाको मुद्दामा अन्तरिम आदेश जारी भएको कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी दिएका छन् । हरेक काममा अध्यक्ष सिधार्थ यादवले औरहीको बिकास रथ भन्दै प्रचारबाजी गर्ने गरेका थिए । उच्च आदालतको यस्तो आदेश आएपछि उनका समर्थक सबै चकित भएका छन ।