सिराहा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी गर्नेको हालत खराब हुने बताएका छन । मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि शनिबार सिराहाको लाहानमा नेपाल पत्रकार महासंघ सिराहा र उद्योग वाणिज्य संघको आयोजनामा संचालित कार्यक्रममा आएका मन्त्री यादवले स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

IMG_20210619_170153

शहिदलाई माला अर्पण पश्चात शुरु भएको सम्मान कार्यक्रममा मन्त्री यादवले देश अब औद्योगिक क्रान्ति तिर लम्किने विश्वास ब्यक्त गर्नुको साथै कालोबजारियाहरुको सिन्डिकेट तोडने दावी गरे । उनले ब्यापारी ब्यवसायीहरुकोलागी सहज वातावरण बनाउने प्रतिज्ञा समेत गरे ।  ‘व्यापारी व्यवसायीहरूको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’

received_172273884869006

ठूलठूला उद्योगहरूमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दाबी गरे । जनतालाई हित हुने गरी सेवा भावले मापदण्डभित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने पनि मन्त्री यादवले बताए ।

IMG_20210619_174430

उद्योगी व्यवयासीहरूको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ छ । ‘औद्योगिकक्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’

received_548153826593975

उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक अमात्यले कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको  भन्दै यसलाई ब्यवस्थित गर्न जरुरी रहेको बताए । 


नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवको सभाअध्यक्षता संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहाका नि.वर्तमान अध्यक्ष तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताले उदघोषण गरेका थिए । कार्यक्रम कै दौरान सभापति बनैताले मन्त्री यादवलाई गम्छा र माला लगाई स्वागत एवं सफल कार्यकालको शुभकामना दिएका थिए । स्वागत कार्यक्रम पश्चात् मन्त्री यादवले पत्रकार भारती गुप्ताद्वारा संचालित रेडियो सौगातको समेत अवलोकन गरेका थिए ।