सिराहा । सिराहाको लाहान ३ मा कोठा भाडा लिई बसेका एक मजदुरको पत्नी तिनदिन देखि सम्पर्कविहिन बनेको छ । सुनसरी को कोसी कटान श्रीपुर निवासी मनोज रामको पत्नी ३दिन देखि सम्पर्कमा आएकी छैन । 


पीडित रामको अनुसार यहि जेठ २६ गतेदेखि उनको पत्नी ८ वर्षको छोरा सुभाषलाई लिएर फरार भएकी छिन । करिब १० वर्ष अगाडि सप्तरीको खरचुईयामा विहे गरेको रामको पत्नी ठाकुर क्याम्पस लाहान बाट अनमी पास गरेकी थिईन । अनमीको शिक्षा लिईसकेपछि पीडितको पत्नी लाहान स्थित डिभाईन अस्पतालमा काम गरिरहेकी थिईन । ज्याला मजदुरी गरी कमाएको पैसाले पत्नीलाई अनमी पढाएको राम अहिले पत्नीको खोजीमा भौतारिरहेको अवस्था छ ।  


पीडित रामको अनुसार केहि दिन अगाडि उनको श्रीमती सजिता राम (नाम परिवर्तन) ले लोकसेवा मा पास गरेको र जागिरको लागि ३ लाख रुपैयाँ मागेकी थिईन । धेरै कठिनाइ सामना गर्दै जम्मा गरेको ३ लाख नगद समेत लिएर उनी टाप कसेकी रामको दावी छ । पीडितले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएको डिएसपी डा. तपन दाहालले जनाएको छ । निवेदनको साथ शंका गरेको एम्बुलेन्स चालक समेतको मोबाईल नम्बर दिएको र आदालतबाट अनुमति लिई उक्त नम्बर र ब्यक्ति बारे थप अनुसन्धान हुने डिएसपी डा. दाहालले जानकारी दिए ।