सिराहा । प्रधानमन्त्री खडग प्रसाद ओलीको राष्ट्रवाद खोकलो रहेको र यसले देशलाई ठुलो मुठभेडमा लग्न सक्ने भन्दै  सिराहाका एक शिक्षक तथा सामाजिक अभियन्ता राजाराम यादवले चिन्ता ब्यक्त गरेका छन । यादवले यस्तो संक्रमणकालिन अवस्थामा देशको राजनीति तरंगित हुनु लाई दुर्भाग्यपूर्ण बताएका छन । 


अभियन्ता यादवले भने '  षड्यन्त्रकारीहरुको  एउटा विश्वव्यापी चरित्र हुने गर्दछ। उनीहरूले सुरुवात मै पछि गरिने षड्यन्त्रको पवित्र नाम दिनेगर्छन । जस्तै हिंसाको नाम जीहाद वा जनमुक्ति आदि। त्यस्तै ओलीको राष्ट्रवाद पनि एक षड्यन्त्र हो।   हुन त उनका पूर्वजले नै आज भन्दा  २५० बर्ष पहिला नै एउटा माहा षड्यन्त्र गरेका थिए , त्यसको परिणाम स्वरूप पुस्तौंदेखि सोझा साझा नेपाली जनता उपर शोषण पूर्ण शाषण गर्दै आइरहेका छन्। त्यो षड्यन्त्र थियाे भाषाको नामाकरण। रातारात आफ्ना भाषा(खस) भाषलाई नेपाली भाषा नामाकरण गरि आजसम्म खाँटी असली पुरानो नेपाली बनि आम नेपाली जनतालाई ध्रुतियाईपूर्वक बहिस्करणमा पारेका छन्।   अब को राष्ट्रवादको बाटो यथास्थिवादी राष्ट्रवादीको सरकार र व्यक्तिप्रधान शाषण ब्यवस्थालाई निरन्तरता दिने रहेकाे छ ।'


प्रधानमन्त्री ओलीले गरेको संसद विघटन पुर्ण रुपले षड्यन्त्र हो भन्दै यादवले त्रुटि सच्याउन आग्रह गरेका छन ।