सप्तरी । आर्थिक बर्षमा १२ महिना हुदाहुदै जम्मा २ महिना जेठ र असारमा १ सय प्रतिशत बजेटको सदुपयोग गरि सिध्याउन सक्ने बहुप्रतिभाशाली क्षमता भएका पालिकाहरु स्वास्थ्य क्षेत्र प्रति उदासीन भएको आरोप एक शिक्षक एवं सामाजिक  अभियन्ता पवन शर्माले लगाएका छन । 


शर्मा भन्छन 'संसारमा कोरोना भाइरसको महामारीको प्रभावका कारणले केकति प्रभावित रहेको छ भन्ने कुरा सर्वविदितै छ। हाम्रोजस्तो विकासोन्मुख देशमा हरेक किसिमको आफ्नै समस्या रहेको छ। यहाँ अहिलेको अवस्था झन संकटपूर्ण भइसकेको छ, यहाँको नागरिकमा त्रास रहेको छ र नागरिक पनि पहिलेभन्दा अहिले धेरै सचेत भैसकेको छ तरपनि रोगले निम्त्याउन सक्ने खतरा हामी सबैमाथि रहेको छ। विभिन्न संचार माध्यमहरू मार्फत सुन्छु; थाहा पाउँछौं कि संक्रमित बिरामीलाई कहिं वेड पाउदैनन्, कहिं आइसोलेसन वार्डको समस्या त कहिं अक्सिजनको ग्यासको अभाव छ। औषधि अहिलेसम्म निर्माण हुन नसकेको अवस्था छ। यदि अहिलेको अवस्था भन्दा पनि संक्रमणको बढ्यो भने आम नागरिक बिरामी हुदा पनि कुनै उपाय हुदैनन् होला।'


उनले अहिलेको समयमा उक्त बजेटहरूमध्ये केही भाग भएपनि सदुपयोग गरेर आमनागरिकको हक हित हुने गरि कोरोना अस्पताल, आइसोलेसन वार्ड, अक्सिजन ग्यास लगायतका कोरोना संक्रमण सम्बन्धि सम्पूर्ण कुराहरूको उचित व्यवस्थापन गर्न पालिकाहरुलाई सुझाव दिएका छन । साथै यस व्यवस्थापन सम्बन्धि सहयोगको लागि उनी हरेक पल तयार रहेको समेत प्रतिबद्धता गरेका छन । 


युवा अभियन्ता शर्मा ले कोरोनाको महामारीको विरुद्धको लडाइँमा आफ्नो ज्यान को प्रवाह नगरीकन दिनरात सेवा गरिरहेका चिकित्सा क्षेत्र, चिकित्सक, नर्स, प्रहरी, प्रशासन, पत्रकार, विभिन्न संघ संस्थाहरु, विभिन्न सहयोगी हातहरु सम्पूर्णमा सम्मान सहित धन्यवाद ज्ञापन गरेका छन ।