लाहान । स्थानीय सरकारको अव्यवस्थाका कारण कोरोना संक्रमितहरू समयमै उपचार सेवाबाट वञ्चित त छन् नै, शंकास्पद बिरामीको कोरोना परीक्षण समेत हुन नसक्दा लाहान नगरपालिकाका स्थानीय त्रासमा देखिएका छन । 


हालसम्म लाहानमा कोरोना परिक्षण नहुनुमा स्थानीय सरकार दोषी रहेको आरोप मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले लगाएका छन । गुप्ताले भने 'अहिलेको अवस्थामा स्थानीय सरकार अझै बढी संबेदनसिल हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नगरपालिकाले हाल सम्म आईसोलेशन सेन्टर स्थापना गरिसक्नुपर्ने तर त्यस्तो नभएको यहाँसम्म कि पिसिआर तथा अन्य परिक्षण गराउन सिरहा सदरमुकाम नै जानुपर्ने बाध्यता छ । लाहान स्थित पशुपति आदर्श उच्च- मा.वी मा आईसोलेशन स्थापना गरेको भनिएपनि हालसम्म संचालनमा नआउनु दु:खद पक्ष हो ।' अस्पतालमा भर्ना भएका सङ्क्रमितभन्दा घरमै बसेका सङ्क्रमितको स्वास्थ्य स्थितिका बारेमा नियमित जानकारी राखेर स्थानीय तहले सामान्य काम गरिदिँदा स्थिति सहज हुने उनको भनाइ छ।


वरिष्ठ पत्रकार गुप्ताका अनुसार 'घरमै बसेका सङ्क्रमितका लागि सामान्य व्यवस्थापनका काम स्थानीय तहले गरिदिए अस्पतालमा सङ्क्रमितको चाप बढ्दैन र स्वास्थकर्मीलाई समेत काम गर्न सहज हुन्छ । '