सिरहा ।  चार दिनदेखि कामकाज ठप्प पारिएको भवानीपुर स्थित साना किसान सहकारी आईतवार देखि पुनः सन्चालनमा आएको छ । पदिय विवादका कारण तालाबन्दी गरिएको सहकारीको ताला आइतबार खुलेको छ ।  आन्दोलित पक्षले साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रध मा लगाईएको ताला समाजिक सहमति पछि खोलेको खोलेको हो । 



विगत ४ महिना देखि अध्यक्ष पदको लागी संचालक समिति भित्र विवाद रहेको थियो । पदिय जिम्मेवारी वाँडफाँड नमिले पछि बुधबार लक्ष्मी नारायण यादव लगायत वहाँका सर्मथकले ताला लगाएका थिए । समाजिक संस्था जस्तो ठाउँमा ताला बन्दी भएको भन्दै समाजिक अगुवाहरुले चासो लिई दुवै पक्षलाई समझदारीमा ल्याई ताला खुलाईएको हो ।


असंन्तुष्ट पक्षले राखेको माग पुरा भए पछि ताला खुलेको समाजिक अगुवा सुर्यनारायण यादवले बताए । ताला खुले पछि स्थानिय लगायत शेयर सदस्यहरु खुशि भएका छन । समाज प्रवल हुन्छ सबैलाई समाज भित्रै बस्नु छ त्यसकारण समाजको कुरा मान मैले जरुरी ठाने ताला लगाएका लक्ष्मी नारायण यादवले बताए । अर्का समर्थक तथा शेयर धनि श्रीदेव यादवले भने भविष्यमा साना किसानमा राम्रो काम होस र पाईएको काजगात हेरे पछि अबको बाटो तय गर्ने बताए । 


समाजिक भेलालाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष मागैन महतोले भने हामी संचालक समितिबाट कुनै न कुनै ठाउँमा भुल भएकै हो काम गर्दै जादाँ सिक्ने हो । अगामी दिनहरुमा यस्ता किसिमका भुलहरुलाई फेरी फेरी नदोहोरीने गरी अब सम्पुर्ण पदाधिकारी मित्रहरुलाई समेटेर जाने प्रतिबद्धता समेत जाहेर गरे ।सहमति पछि अध्यक्षमा मागैन महतो, उपाध्यक्षमा सरिता कुमारी सिंह र बाँकी सात सदस्य गरी जम्मा नौ सदस्य समिति गठन भएको छ ।