रासिन्द्र यादव

सप्तरी । बलानबिहुलमा एकदिने  नि: शुल्क पशु स्वास्थ तथा बाँझोपन निवारण शिविर संचालन भएको छ । वडा ५ स्थित रामनगरमा संचालित शिविरमा स्थानीय कृषकले आफ्नो घरपालुवा पशुको स्वास्थ परिक्षण गराउन सक्ने भनिएको छ । received_1212797339154779

शिविर बैशाख २५ गते शनिबार रामनगर स्थित रामजानकी चौकमा राखिएको जानकारी प्राप्त भएको छ । पशु सेवा संयोजक नथुनी मण्डलका अनुसार दिनभरीमा लगभग ७ सय घरपालुवा पशुको स्वास्थ परिक्षण गरिने छ ।

received_331612178389612

  शिविरमा बोदे बरसाईन नगरपालिकाका पशु अधिकृत अर्जुन प्रसाद यादव, दिगम्बर चौधरी,बलान बिहुलका प्राविधिक कुलानन्द चौधरी, शिवकुमार चौधरी, विभेष यादव, चित्ररन्जन यादव, डमर नारायण साह, सुरेन्द्र यादव, भोगेन्द्र यादव, सोभानन्द महतो, पशुपति महतो, कार्यालय सहायक राम बिहारी सदाय, कार्यालय सहयोगी ललित पासमान लगायतको सहभागीता रहेको थियो ।