रासिन्द्र यादव

सप्तरी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका उपशाखा कार्यालय बोदे बरसाईनमा गतसोमबार केन्द्र प्रमुखहरु बिच गोष्ठी सम्पन्न भएको छ । 

received_293517052286960

बोदे बरसाईन उप शाखा प्रमुख उमेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा सप्तरीका विभिन्न केन्द्रका प्रमुखहरू लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । 

गोष्ठीमा सदस्य संख्या बढाउनु को साथै गुणस्तरीय सेवा बारे छलफल भएको थियो ।

received_826054317999932

 कुल ६३ केन्द्रहरू मध्ये ३ वटा केन्द्र प्रमुख सम्मानित भएका थिए । सदस्य संख्या, गुणस्तरीय सेवा आदि विषयमा गुणात्मक रहेको भन्दै केन्द्र नम्बर ४२ मिलन स्वावलम्बन महिला केन्द्र महनौरीलाई उत्कृष्ट पुरस्कार वापत प्रमाणपत्र र ३ हजार नगद प्रदान गरिएको थियो । 

received_1780310848804281

त्यसैगरी केन्द्र नम्बर ५ छिनमस्ता स्वावलम्बन महिला केन्द्र गौरा लाई द्वितीय पुरस्कार वापत प्रमाणपत्र र २ हजार नगद प्रदान गरिएको थियो । तृतीय हुने केन्द्र नम्बर १४ सन्तोषी स्वावलम्बन महिला केन्द्र नेङ्ग्रा लाई पनि प्रमाणपत्र र १ हजार प्रदान गरिएको थियो । कार्यक्रममा प्रशिक्षण उमेश कुमार यादवले दिएका थिए। कार्यक्रममा श्याम सुन्दर मैरता यादव, दिपेन्द्र मिश्र, ज्योतिष कुमार यादव, हरिहर देवी चौधरी, कान्ति कुमारी यादव, रिता यादव लगायत सयौंको संख्यामा सदस्यहरू उपस्थित थिए ।