रोहित कुमार मण्डल

लहान ।  सिरहाको लहान नगर पालिका –८ मा नि:शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाणपत्र पाएपछि बिधार्थीहरु खुशी भएका छन ।


लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि:शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए । 


समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए । उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए । कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतो रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डल, फिरोज सेखको समेत उपस्थिति रहेको थियो ।