मनोज बनैता

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा महाविष्णु यज्ञ हुने भएको छ । बरियारपट्टी-१ नरगी चौकमा आउदो चैत ५ गते देखि श्री सिताराम महाविष्णु यज्ञ प्रारम्भ हुने जानकारी प्राप्त भएको छ । महायज्ञ मूल आयोजक समितिले बुधबार नरगी चौकमा पत्रकार सम्मेलन गरी महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो।

IMG_20210310_110655

स्थानीयको आयोजनामा हुनलागेको महायज्ञ हिन्दु धर्मको प्रचार एवं विश्व शान्तिको निम्ति भएको आयोजकले बताए । प्राप्त सुचना अनुसार बरियारपट्टी गा.पाको ५ लाख नगद सहयोग तथा स्थानीयले दिएको चन्दाले महायज्ञ हुन लागेको हो। यज्ञमा करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ । 

IMG_20210310_110537

सनातन विधिविज्ञानसहित १५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी महायज्ञ सम्पन्न हुने जानकारी बाबा राम चरित्र दासले दिनुभयो । 

IMG_20210310_103903

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रामबाबु साह सुडीका अनुसार महायज्ञको उद्‍घाटन प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री माननीय विजय कुमार यादवले गर्नेछ । यज्ञका अध्यक्ष साहका अनुसार चैत ४ गते बिहान ७ बजेदेखि बिहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ। 

IMG_20210310_103743

मूल आयोजक समितिका साहले  राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउन पनि महायज्ञ गर्न लागिएको बताए। ‘यो एउटा आध्यात्मिक प्रयोग पनि हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल तपोभूमि र देवभूमि हो तसर्थ यसलाई पुरा विश्वमा चिनाउन महायज्ञ फलदायी हुनेछ। यो देशको नाम चिनाउने कार्यक्रम हो।’

IMG_20210310_103835

महायज्ञका कारण सिरहामा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास आफूहरूले लिएको साहको भनाई छ। उनले भने, ‘यो महायज्ञले जिल्लाको पर्यटन विकासमा ठूलो फड्को मार्नेछ।’ महायज्ञमा श्रद्धालु र भक्तालुलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको पनि अध्यक्ष साहले जनाए। 

IMG_20210310_103807

नेपालसहित छिमेकी भारतबाट महायज्ञमा श्रद्धालुहरूको उपस्थिति हुने महायज्ञ प्रचार प्रसार समितिले जानकारी दिए ।विभिन्न देवीदेवताका १११ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, रामलिल्ला, रासलिला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।