सिरहा । पि. प्रोडक्सन नेपाल द्वारा आयोजित मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले यही माघ २८ गते लाहानमा हुने भएको छ । आयोजकले आईतवार पत्रकार सम्मेलन गर्दै मिति सार्वजनिक गरेका हुन ।

IMG_20210207_133525

 तिन हप्ताको लामो तालिमपछि मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते बुधबार विहान ११ बजे देखि लहान ८ स्थित पशुपति डिजिटल सिनेमा हलमा हुने भनिएको छ । 

IMG_20210207_134929

 पि. प्रोडक्सनका कार्यक्रमका संयोजक विशाल पासवानका अनुसार यस प्रोडक्सनले देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गर्दै आएका छन । पासमानले पत्रकार सम्मेलनमा बोल्दै भने 'समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण , बाल विवाह तथा लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । '

IMG_20210207_134929

ग्राण्ड फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता हुने संयोजक पासवानले जानकारी दिए । फिनालेमा मिस ग्रान्ड नेपाल निशा पाठक लगायत नेपालका प्रसिद्ध कलाकर्मी तथा मोडलहरु जजको रुपमा रहने छन,भने नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको प्रस्तुति रहने जनाउदै विजेता दुवै जनालाई नगद पुरस्कार १५/१५ हजार ,मोड्लिंग एग्रिमेन्ट, मियुजिक विडियो गर्ने मौका,विभिन्न तालिम, छात्रवृति, आकर्षक उपहार संगै अवार्ड र नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन्। 

IMG_20210207_134919

पत्रकार सम्मेलनमा मिस सिरहा २०२० विजेता सुप्रिया मण्डल, कोरियोग्राफर  प्रशान्त साह ,कार्यक्रम सह -संयोजक राजा अन्सारी,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज, लहान पोस्ट दैनिक पत्रिकाका शम्भु यादव, समृद्धिपथ दैनिकका फिरोज सिद्दिकी ,अपन दैनिकका रुन्केश कामति, एभि न्युजका शुभनारायण कामति,डि.एम खबरका मनोज बनैता र न्युजब्युरो डटकमका विजय यादवको उपस्तिथी रहेको थियो।