सिरहा । पार्टी एकताको पक्षमा बहस चलाउन बिद्यार्थी युवा नेता दिपेन्द्र चौधरीले नेकपाका नेताकार्यकर्तालाई आह्वान गरेका छन । चौधरीले लगभग ४ दशक सँगै पार्टीको काम गर्नुको साथै माहाधिवेसनबाट निर्वाचित अध्यक्ष प्र.म के.पी ओली पश्चगामी हुन नसक्ने दावी गरे । 


उनले राजाबाट असक्षम भएका गैर कम्युनिस्ट अग्रगामी ठहर गरेर प्र म को प्रस्ताब गर्न जानु राजाको पाउमा दाम चढाउनेको चरित्र स्पष्ट पारेको बताए । नेता चौधरीले प्रश्न ठड्याउदै भने - यो दामे बुढाले भने अनुसार नै सँसद पुन: स्थापना भयो भने के हुन्छ? उतर प्रस्ट छ मिलिजुली सरकार बन्छ के पी को सरकार ढल्छ। जब  दुई तिहाईको आफ्नै  सरकार यी लोभी पापीले टिक्न दिएन भने मिलिजुली सरकार कति दिन टिक्ला र ? कुरा प्रस्ट छ पालै पालो देउवा, प्रचण्ड , माकुने , झलनाथ प्र म बन्नलाई यो बितन्डा मात्र हो । यो कुरा र प्रचण्डको झेली राजनिति देउवाले राम्ररी बुझेको छ र ठाडै अस्विकार गरेर निर्वाचनमा जाने फैसला गरेको छ । 


नेता चौधरी ले जनताले समयमै यो कुरा बुझ्ने र यिनिहरुको वास्तविकता पारदर्शी गर्ने जिकिर गरे ।  उनको अनुसार दश बर्ष जनयुद्धमा हजारौको बलिदानीले प्रचण्डको परिबार नातागोता सबैलाई राज्यसतामा पुर्‍याउन मात्र भएको भन्दै अब फेरी हिँसात्मक आन्दोलन हुन्छ भन्नु दिवा स्वप्न मात्र भएको तर्क गरे । 


अन्तमा चौधरीले आबधिक निर्वाचनको कनसेेप्ट नै आबधिक सरकारको हो र सँबिधानको मुलमर्मको साथै जनताको चाहना पनि यहि हो भन्दै रोडमा नाटक होईन पार्टी एकताको पक्षमा बहस चलाउ सबैमा आग्रह गरे । पुँजीवाद बिरूद्ध र समाजवाद स्थापनाकोलागी जनतालाई तयारी गर्न समेत आग्रह गरेका छन ।