सप्तरी । बलान बिहुल गाउँपालिकामा आयोजित टि-२० मेयरकपको फाईनल म्याचमा बोदेबरसाईनले बिजय हासिल गरेको छ । बलान बिहुल प्रिमियर लिग अन्तर्गत खेलिएको टि-२० मेयरकप क्रिकेट यसपालिका कै ईतिहासमा पहिलो पटक खेलिएको स्थानीय युवाहरूले बताए । 

FB_IMG_1610685814991 1


सो लिगको अन्तिम खेल बैरिया र बोदेबरसाईनको बिचमा भएको थियो । बोदेबरसाईन ले दिएको ८८ रनको लक्ष्य पुरा गर्न नपाउदै बैरियाका टिम ४९ रनमै १० विकेट गुमाई पराजित भएका थिए । बोदेबरसाईन जम्मा ३९ रनले जितेको आयोजकले जानकारी दिएको छ ।  

FB_IMG_1610685810494

विजेता र उपविजेतालाई प्रमुख अतिथि बलान बिहुल गा.पा अध्यक्ष दयानन्द गोईतले ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा  बेल्ही युथ क्लब का सल्लाहकार कैलाश महरान, ईन्जिनियर पंकज यादव, विशेश्वर यादव, स्मृति प्रतिष्ठान का सचिव दिगम्बर यादव, कार्यपालिका सदस्य हरि राम ,जसपा युवा नेता रामकृष्ण साह, शिवनारायण यादव, विजय पासवान, अधिवक्ता जयकृष्ण गोइत ,बेल्ही युथ क्लबका सम्पुर्ण पदाधिकारीलगायत  गा०पा०का खेलप्रेमी, खेलाडी, शिक्षाप्रेमी, राजनीतिक कर्ता तथा युवा हरुको उपस्थिति रहेको थियो ।