मनोज बनैता
सिरहा । कार्तिक पुर्णिमाको अवसरमा सोमबार सिरहामा बयलगाडा (गोरुदौड) प्रतियोगिता भएको छ । सिरहाको बलान नदीमा गोरुदौड प्रतियोगिता भएको हो ।
 
y4
 
बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोजना गरिन्छ । दौड प्रतियोगितामा सिरहा र सप्तरीका दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा दिघियाको जिबछ यादबको बयल (गोरु) प्रथम स्थान हासिल गरि बिजेता घोषित भएको छ । त्यस्तै बोदेबरसाईन न.पा ३ बधुवन निवासी प्रमोद यादवको बयल दोस्रो विजयता घोषित भएको छ भने तेस्रो बिजेता बलान बिहुल गा. पा वडा न. २ का बिजली यादवको बयल भएको छ ।
 
y2
 
जित हासिल गरेका गोरुहरुलाई मनटिका, घुघरु प्रदान गरियो । यस्तै गोरु धनीलाई फुलमाला अबिर लगाई शिल्डले सम्मानित गरेको छ । प्रदेश २ सांसद अशोक यादवको हातबाट उद्घाटन गरिएको कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव, नेकपा युवा नेता बद्रीनारायण चौधरी, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता लगायत सन्चारकर्मीहरु महेश सिंह, सन्तोष यादव, रासिन्द्र यादव र संजय विश्वकर्माको सहभागीता रहेको थियो । कार्यक्रममा सन्चार्कर्मीहरुलाई कदरपत्र दिई सम्मान गरिएको थियो ।
 
y1
 
कल्याणपुर मल्हनियाको बिचमा पर्ने बलान नदीमा भएको उक्त प्रतियोगिता सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएका थिए ।