रासिन्द्र यादव

सप्तरी । मल्हनिया रामजानकी युवा क्लव बलान बिहुल -१ द्वारा संचालित विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । मधेशी समुदायको महान चाड छठको उपलक्ष्यमा मंसिर ५गते शुक्रबार प्रारम्भ गरिएका प्रतियोगिताहरु शनिबार मात्र सम्पन्न भएको हो ।

रामजानकी युवा क्लबको प्राङ्गणमा शुक्रबार ५ बजे आयोजित हाजिरी जवाफ प्रतियोगिता प्रथम ब्रतसुदन यादव, द्वितीय भोगेन्द्र कुमार शर्मा र तृतीय कालिन्द्र यादव भएका छन । उता नृत्यकला प्रतियोगितामा प्रथम प्रशान्त यादव, द्वितिय करिना कुमारी चौधरी र तृतीय सिमा कुमारी राम भएका छन ।

k2

त्यसैगरी स्लो बाईक रेसिङमा प्रथम सुरुङ्गा नगरपालिका -२ बस्ने सन्तोष कुमार चौधरी, भगवानपुर गा.पा १ का आनन्द झा र तृतीय स्थान बलान बिहुल ३ दुधैलावासी भोला यादवले पाएका छन ।

k3

यस प्रकार लामो जम्पमा प्रथम शैलेन्द्र शर्मा, द्वितीय उदित नारायण राम र तृतीय मिथिलेश टरैत भएका छन ।

k5

त्यस्तै १०० मिटर दौड प्रतियोगितामा प्रथम शतिष भदैस्वार, द्वितीय योगेश यादव, तृतीय उदित ना. राम भएका छन र २०० मिटर दौड प्रतियोगितामा प्रथम सतिष भदैश्वार द्वितीय उमेश राम र तृतीय मिथिलेश टरैत भएका छन ।

k6

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान पाएकाहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष डा.सिएन यादवको सभा-अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिका रुपमा बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोईत रहेका थिए । त्यसैगरी अतिथिहरुमा वडा १ का वडा अध्यक्ष बैजनाथ यादव, भु.पु गाबिस अध्यक्ष अरुण कुमार गोईत, नेकपाका युवा नेता खेमचन्द्र यादव, जसपा नेतृ रिता यादव, समाजसेवी रामनारायण यादव लगायका रहेका थिए ।