सिरहा । बीरगंज, पर्साका अभिषेक पाण्डे आफ्नो परिवारका साथ देवीघाट घुम्न जाने क्रममा सांघातिक हमलाको सिकार बनेका छन ।

 

केही उछृंखल यूवाहरुको जमातले देशी, मधेशी र भारतीय जस्ता क्षेत्रिय र नश्लीय अभद्र शब्दहरुको प्रयोग गरी पाण्डेलाई कुटपिट गरिएको खबर छ । घटनामा पाण्डे सख्त घाईते भएका छन । उनको टाउको र गालामा गम्भीर चोट लागेको उनका पारिवारिक श्रोतले जनाएको छ ।

 

घटना पश्चात स्वाधीन मधेश जन-अभियानका संयोजक कैलाश महतोले बिज्ञप्ती जारी गर्दै यस्ता उछृङ्खल क्रियाकलापको घोर भत्सर्ना गरेका छन । यस्ता घटनाहरुलाई रोक्न राज्यले आवश्यक कानुनको प्रयोग नगरेको र पर्यटकीय स्थल समेतमा रहने प्रहरी प्रशानले आफ्नो निश्चल दायित्व पूरा नगरेको महतोले बिज्ञप्ती मार्फत आरोप लगाएको छ ।

 

नेता महतोले अभिषेक पाण्डे र उनका परिवारजनमाथि हमला गर्नेहरुमाथि कानुनी कारवाही गरी उनीहरुको स्वास्थय उपचारका सम्पूर्ण खर्चहरु तिर्न लगाउन राज्य, प्रशासन र सम्बंधित निकायमा अनुरोध गरेका छन । साथै यस घटनाप्रति राज्यलाई गंभीर हुन आग्रह समेत गरेका छन ।