राजेन्द्र महतो
लहान । सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा न .पा .-३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ बर्शिया आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेका हुन् ।
 
गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमा लाइ घाँटी थिच्दा घाईते बनाएकी थिइन ।घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले बताएका छ्न। छोरा रामअवतारलाई आवश्यक कार्वाहीको लागि प्रहरी ले नियन्त्रणमा लिएको छ ।
 
घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न। रामअवतारले आफ्नै आमालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेको समेत स्थानीयवासीले बताएका छ्न।
 
 
 
 
 
 
Aa