रामएकवाल राम

दोहा (कतार) गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा दोहामा स्थापित संघसंस्थाहरुको संयुक्त आयोजनामा तथा हमाद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा रक्तदान कार्यक्रम उल्लास पूर्वक सम्पन्न भएको छ।

1a

गत शुक्रबार दोहास्थित हमाद मेडिकल कर्पोरेसनमा भएको रक्तदान शिविरमा सामाजसेवी व्यवसायीहरु पत्रकार तथा ६९ वटा संघसंस्थाहरुको सहभागीमा रक्तदान शिविर सम्पन्न भएको हो। उक्त शिबिरमा २५० जना भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको मध्ये कुल १४३ जना नेपाली रक्तदाताहरुले सफलतापूर्वक रक्तदान गरेका छन्।

1c

विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाईरसले सिर्जित गरिएको विषम परिस्थिको बाबजुद पनि यस्तो पुण्यको कार्यमा बृहत सहभागी जनाई कार्यक्रम सफल पार्नुको साथै रक्तदान तथा जीवन दान गर्ने सम्पूर्ण रक्तदाताहरु साथै समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिभिन्न संघ-संस्थाहरुलाई एनआरएन्को तर्फबाट, अध्यक्ष, मोहम्मद मुक्तदा मुसलमान, महासचिव, पदम गिरी, प्रथम उपाध्यक्ष,उत्तम गुरुङ,दित्तिय उपाध्यक्ष एवं संघ-संस्था समन्वय संयोजक कुमार खड्का लगायतले बिशेष आभार ब्यक्त गरेका छन् ।