सिरहा । चाहे राहत वितरण होस वा होस फोहोर ब्यवस्थापन या कुनै निर्दोष पत्रकार एवं समाजसेवी माथिको झुठो मुद्दा, सिरहाको लाहान नगरपालिका चर्चाको शिखरमा रहदै आएको छ । आलोचनाको एउटा अध्याय सक्न नपाउदै यहाँ अर्को विवादास्पद एवं गैरमानविय काम ले चर्चा बटुलेको छ ।

IMG_20201023_161948

जिल्ला प्रशासन कार्यालय सिरहाले मठ मन्दिरमा भिड भाड नगरी पुजा अर्चना गर्न गराउन आदेशात्मक अनुरोध पछि स्थानीय भने यसपालि घरमै पुजापाठ गर्ने तिर लागेको अवस्था रहदा रहदै पनी राजनैतिककर्मीहरुको कार्यले दुधमा पानी मिसाएको जस्तो देखिन्छ । प्रशासनको निर्देश लाई अटेर गर्दै डरलाग्दो भिडभाडका साथ लाहान नगरपालिकाले महिला, बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्री लिला श्रेष्ठको सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।

फोहोर फाल्ने ट्र्याक्टरमा दलित समुदायको निर्दोष जनसमुदायलाई कोचेर दर्शक बनाईनु दु:खद हो भन्दै लाहान १ का नैनी रामले बताए । रामको अनुसार कोभीड १९ को माहामारीले अक्रान्त भएको बेला दलित समुदायलाई फोहोरको ट्र्याक्टरमा लादेर ल्याउनु नगरप्रमुखको फोहोर राजनीतिको प्रतिक हो । ट्र्याक्टरमा बसेका दर्जनौ द्लित स्थानीयवासी मास्क नलगाएको अवस्था थियो ।

IMG_20201023_174112

यसरी आफै नियम लगाउने र आफै नियम तोडेपछि सर्वसाधारण अलमल्लमा परेको लाहान ५ का भरत साहले बताए । समाजिक दुरीलाई ख्याल नगरी यसरी जमघट गराउनु नगरपालिका र नगरप्रमुखको ठुलो भुल भएको साहले स्पस्ट पारे ।