सिरहा। कोरोना कहरको बिच सिरहाको गोलबजारमा फुटबल खेलको आयोजना हुने भएको छ । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते बिहीबारदेखि पहिलो वडा स्तरीय फूटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नगरका युवाहरूको प्रतिभा देखाउन खेलाउन लागिएको खेल समाजिक रुपले तत्काल सान्दर्भिक नरहेको त्यहाँका बुद्धिजीवीहरु बताउछन । माहामारीले आक्रान्त भएको जिल्लामा भौतिक जमघटले ठुलै समस्या निम्त्याउन सक्ने ईनीहरुको आंकलन रहेको छ ।
कदिमाटोलदेखि पूर्वको मैनावत्ती खोलको खेलमैदानमा हुनलागेको खेल स्वास्थको दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले बताए । यादवको अनुसार खेल हुँदा दर्शकहरुको भिड लाग्ने र तत्पश्चात कोरोनाको जोखिम उच्च हुन सक्ने अवस्था छ।