सिरहा । नेपालको बजारमा हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ एभेन्जर सिरिज एबिएस १६० स्ट्रिट मोटरसाइकल ल्याएको छ । नयाँ सिरिजमा ल्याईएको उक्त ब्रान्डको बाईक बजाज मोटरसाइकलको अधिकृत विक्रेता मनकामना ट्रेडलिंक लहानले एक कार्यक्रमको बिच सार्वजनिक गरेको छ ।
ट्विन स्पार्क, डीटिएसआई, एयर कूल्ड, सिंगल सिलिण्डर, ४–स्ट्रोक, एसओएचसी इन्जिन लगायतहा थुप्रै विशेषता भएको मोटरसाइकल सार्वजनिकनिजीकरण कार्यक्रम शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखले गरेका थिए । शेखले कार्यक्रम उद्घाटन गर्दै एभेन्जर सिरिजको एबिएस १६० सिसि स्ट्रिट मोटरसाइकलले डायन्नामिक प्रदर्शन र उत्कृष्ट सवारीको रुपमा रहने विश्वास ब्यक्त गरेका थिए । कम्पनीले मोटरसाइकलको परिचयात्मक मूल्य तिन लाख १९ हजार नौं सय निर्धारण गरेको मनकामना ट्रेड लिंकका संचालक शंकर चौधरीले जानकारी दिए ।f2
 
 
यसै बीच बजाजले दशैं र तिहारको शुभ अवसरमा ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ । रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर रु. १०,००० को नगद छुट पाउँन, अथवा ५०प्रतिशत डाउन पेमेन्टमा ० % प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ्गको सुविधामध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध गराइएको छ।