अपराध

    Showing २१-३० of ७५ items.
  • औरहीको बिकास रथ भ्रष्टाचारको खाल्डोमा, पालिका लगायत ५ विरुद्ध मुद्दा दायर

    सिराहा । सिराहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ । पालिकाले गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  गरेको र सूचना नदिईकन कार्य गरेको विरुद्ध उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुर राजबिराज इजलास न.४ का  न्यायाधीश डा. रबि शर्मा अर्यालले विपक्षीहरुको नाउँमा निवेदनको माग बमोजिमको अन्तरिम आदेश जारी गरेको हो ।  गाउँपालिकामा गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  संस्थागत गरेको र सूचना नदिइएकिन कार्य गरेको विरुद्ध पालिकाको कार्यालय लगायत ५ जना विरुद्ध उत्प्रेषण परमादेश लगायत निषेधाज्ञाको मुद्दामा अन्तरिम आदे

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ८८६ पटक पढिएको
    • धर्तीमाई
  • स्वास्थकर्मीको लापरबाहीले लियो एक शिशुको ज्यान

    घुरन प्रसाद यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा स्वास्थकर्मीको लापरबाहीले एक शिशुको ज्यान गएको छ । वडा नम्बर -६ रौतहट स्थित स्वास्थ चौकीद्वारा गराईएको असुरक्षित डेलिभरीका कारण शिशुको ज्यान गएको हो । जन्मिएको शिशुमा स्वास्थ समस्या देखिएपछि आमा र बच्चालाई त्यहाँबाट बाहिरको लागि रेफर गरिएको स्वास्थकर्मी बताउँछन् । उता रेफर गर्न ढिलाई भएको कारण शिशुले ज्यान गुमाएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।आक्रोशित स्थानीयले स्वास्थ चौकीमा तालाबन्दी गरि विरोध प्रदर्शन गरेका थिए । ब्यथा लागेपछि स्थानीय नजिकैको स्वास्थ चौकीमा जाने हो तर त्यहाँका स्वास्थकर्मीको गैरजिम्मेवारीका कारण शिशु वा आमाको ज्

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • ५४२ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा प्रहरीको ठूलो सफलता,भारी मात्रामा ड्रग्स सहित एक पक्राउ

    सिराहा । लाहान स्थित पुर्व पश्चिम लोकमार्ग बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । डिएसपी डा. तपन दाहालको सक्रियतामा इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा सिरहा नवराजपुर गा. पा ५ का २६ वर्षिय प्रभु नारायण सिंह राजपुत  ठूलो परिमाणको लागुऔषध सहित पक्राउ परेको हो । प्रहरीले उनको साथबाट नाईट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० ट्याबलेट, डाईजीपाम लेखिएको एक सय ९४ एम्पुल, फेनारगन लेखिएको एक सय ९४ एम्पुल, नाम लेवल नभएको एक सय ९४ एम्पुल, डाईलेक्स डि.सी १०० एमएल लेखिएको ७ बोतल र उनी सवार को.२६ प. १८९नं. को मोटरसाइकल नियन्त्

    • प्रकाशित मितिः श्रावण १८, २०७८
    • ३,३३५ पटक पढिएको
    • धर्तीमाई
  • प्रशासनको उदासीनताका कारण लाहानमा सरकारी मोटरसाइकलको दुरुपयोग

    सिराहा । प्रशासनको चरम लापरबाहीले गर्दा सिराहाका स्थानीय तहमा अराजकता बढ्दै गएको छ । कार्यवाहीमा परेका जनप्रतिनिधिहरुले पद मुक्त पश्चात् पनि सरकारी सेवा सुविधा लिन छोडेका छैनन् । हालै नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै देशभरका १४ जना जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको थियो तर उक्त निर्णय कागजमा मात्र सिमित रहेको देखियो ।लाहान नगरपालिकाका प्रतिनिधि सतमीलाल दास ताती पार्टीको कार्यवाहीलाई समेत अटेर गरी हालसम्म सरकारी सेवा सुविधा लिदै गरेको खुलेको छ । तातीले हालसम्म नगरपालिकालाई सरकारी मोटरसाइकल नबुझाई प्रयोग गरिरहेको गरेको गुनासो छ । नगरपालिकाक

    • प्रकाशित मितिः श्रावण ९, २०७८
    • १,०५४ पटक पढिएको
    • धर्तीमाई
  • हिरासतबाट थुनुवा गायब, नेपाल प्रहरी ट्वाल्ल

    लाहान । लाहान प्रहरीको चरम लापरबाहीले थुनुवा हिरासतबाट गायब भएका छन् ।  सिराहाको लाहान स्थित ईलाका प्रहरी कार्यालय (क) बाट लागु औषध मुद्दामा पक्राउ एक थुनुवा फरार भएको हो ।  जेठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन् ।  घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको  बुढाथोकीले जनाएका छन् । यसरी प्रहरीको कडा

    • प्रकाशित मितिः असार २६, २०७८
    • १,५५७ पटक पढिएको
    • धर्तीमाई
  • प्रेमिकालाई सुत्केरी हालतमा छोडी प्रेमी फरार, आमा र बच्चाको बिचल्ली

     मनोज बनैता सिराहा । सिराहाको लाहानमा एक युवकले आफ्नो प्रेमिकालाई सुत्केरी हालतमा छोडेर फरार भएको छ । प्रेमिकाले बच्चा जन्म दिएको खबर पाए लगत्तै प्रेमी फरार भएका हुन । लाहान नगरपालिका वडा नं. २४ बस्ने नारायण रायको छोरा वर्ष २२ को धिरज रायले त्यहीँ बस्ने नैना देवी महतोलाई सुत्केरी अवस्थामा छोडेर फरार भएका छन । २ वर्षको लामो प्रेम सम्बन्ध पश्चात् अषाढ १२ गते बालिकालाई जन्म दिएको नैना देवी बच्चा बोकी न्यायको खोजीमा यताउता भौतारिरहेकी छिन । बच्चाको जन्म पछि प्रेमी धिरज रायले उनलाई अस्विकार गरेपछि  पीडित नैना महतोले ईलाका प्रहरी कार्यालय (क) लाहानमा विपक्षी झिकाई आवस्यक कार्यवाह

    • प्रकाशित मितिः असार १९, २०७८
    • १,५०७ पटक पढिएको
    • धर्तीमाई
  • वडा अध्यक्ष यादवद्धारा भारतीयलाई सार्वजनिक जग्गा बिक्री, सरोकारवाला मौन

    लाहान । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष राम औतार यादवले एक भारतीय नागरिकलाई सार्बजनिक जग्गा बेचेको आरोप लागेको छ । तामासुईया गाउँमा रहेको सार्बजनिक पोखरीमा माटो भरी भारतीय नागरिकको लागी घर निर्माण गर्न लागेको खुलेको छ । सोही गाउँमा घर भएका स्थानिय पत्रकार जयनाथ यादवका अनुसार ठुलो मात्रामा रकम चलखेल गरी बिदेशी नागरिकलाई सार्बजनिक जग्गा दिईएको हो । पत्रकार यादवले भने– ‘वडा अध्यक्ष यादव न कुनै भेला डाकी भारतीय नागरीक ईद मोहम्मदलाई उक्त गाउँकोबासी बनाउन खोजिएको छ ।, उनको बिगत के कस्तो रहेको बुझदै नबुझी गैर कानुनी हिसाबले राजनैतिक स्वार्थपुर्तीको लागी बसाउन खोजिएको हो&n

    • प्रकाशित मितिः असार १५, २०७८
    • ७३७ पटक पढिएको
    • धर्तीमाई
  • लकडाउनको मौका छोपी स्प्राईट डिलरद्वारा लुटधन्दा, सरोकारवाला मौन किन?

    लाहान । लकडाउनको मौका छोपी लाहानमा कालाबजारी गर्नेहरुले लुट मचाएको छ । पुरानो सामान पनि नयाँ दाममा बेच्नेगरेकाहरु माथि खासै कुनै कार्यवाही भएको देखिदैन । नाम सार्वजनिक नगर्ने शर्तमा एक खुद्रा पसले भन्छन् 'हामी सवा २ लिटरको स्प्राईट नयाँ दाममा किनिरहेका छौ तर सामान उही पुरानो छ । स्प्राईटको बोतलमा छापिएको स्किम समेत पाईरहेका छैनौ । ' उक्त परिणाम भएको स्प्राईटको बोतल पुरानो दाम १८७ रुपैयाँमा उपलब्ध हुन्थ्यो । बजेट भाषण पछि २ सय दश मुल्य तोकिएपनि बजारमा बोतल चाहि पुरानै उपलब्ध छ । बजेट भाषण अगाडि लुकाएर राखेको स्प्राईटका बोतल धमाधम नयाँ मुल्यमा विक्री भईरहेको खुलेको छ । स्प्राईट डि

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • ३७० पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

    राजेन्द्र महतोलहान । सिरहामा  कटुवा पेस्तोलसहित एकजनालाई प्रहरी ले  पक्राउ गरेका छ्न। पक्राउ  पर्नेमा सुखीपुर नगरपालिका– ७ बलहीका  ४७ वर्षीय गणेशकुमार सिंह रहेका छ्न। गोप्य सूचनाको आधारमा आइतबार  बिहान  इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोली बरामद  भएको  जिल्ला  प्रहरी  कार्यालय  सिरहाले जनाइएको छ। सिंहको घरबाट  पेस्तोल र गोली बरामद भएपछि ४७ वर्षीय गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । पक्र

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • ९७८ पटक पढिएको
    • धर्तीमाई
  • ग्राहक ठग्ने लाहानका एक पेट्रोल पम्प सिल

    सिराहा । सिराहाको लहान नगरपालिका- २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको हो ।गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लागेपछि उक्त पम्प सिल गरिएको छ । साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४,१०७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]