अपराध

    Showing ११-२० of ७५ items.
  • असुरक्षित बन्दै बलान बिहुल, एकैरातमा आधा दर्जन घरमा चोरी

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा चोरीको घटना बढेको छ । गत शुक्रवार राती वडा १ को छोटकी टोल मल्हनियाँ टोलमा आधा दर्जन घरमा चोरी भएको खुलेको छ । शुक्रवार राती करीब १२ बजे उक्त चोरीको घटना घटेको स्थानीयले जानकारी गराएका छन् । छोटकी टोल मल्हनियाँ बस्ने रामलोचन साहको घरबाट १३ तोला चाँदी, रामलोचन यादवको घरबाट मोबाईल, घनश्याम यादवको घरबाट मोबाईल, मदनमोहन यादवको घरबाट ६ हजारका साथै १ तोला चाँदीको औंठी चोरी भएको छ । अन्य दुई घरमा सामान्य तोडफोड भएपनी सामान नचोरिएको उक्त घरधनीहरुले बताएका छन् ।एकैरात आधा दर्जन घरमा चोरी भएपनी स्थानीय प्रहरीलाई कुनै जानकारी भएको छैन । चन्ही चौकीका

    • प्रकाशित मितिः पुष २४, २०७९
    • ६५० पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा एक एम्बुलेन्सबाट भारीमात्रामा गाजा बरामद

    मनोज बनैता सिराहा । लाहानमा एक एम्बुलेन्सबाट भारी मात्रामा प्रतिबन्धित गाजा बरामद भएको छ । गोप्य सूचनाको आधारमा एक एम्बुलेन्सको खानतलासी गर्दा ९० किलो गाजा बरामद भएको हो । ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित गाजा बरामद गरेको हो । लहानकाे ट्राफिक चौकबाट काे १ च ७५७७ नं. काे एम्बुलेन्समा लाेड गरि लगिरहेकाे अवस्थामा ९० के.जी. गाँजा सहित चालक पक्राउ परेको जानकारी प्राप्त भएको छ । डिएसपी मैनालीले अनुसन्धान जारी छ अन्य विवरण जिल्लाले दिने बताए। 

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • ८७९ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा गोली चल्यो, एक घाईते

    सिराहा । सिरहाको लहानमा गोली चलेको छ। लाहान -२२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ। प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा  १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी माथि गोली चलाए । घटनामा दिलिपको पेटमा गोली लागेको छ। घटनामा संलग्न सुशान्त र सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते दिलिपको उपचार धरानमा भईरहेको छ । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ। घटना बारे

    • प्रकाशित मितिः असार १२, २०७९
    • २,६०७ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा स्रोत नखुलेको ११ लाख रकम सहित एक पक्राउ

    सिराहा । सशस्त्र प्रहरी बल सिराहाले स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटियर्वाबाट भगवानपुर गा.पा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट  पछ्याउँदै लाहान आएका साह संग प्रहरीले ८ सय ३ थान हजारका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्व

    • प्रकाशित मितिः चैत्र १३, २०७८
    • ३९४ पटक पढिएको
    • धर्तीमाई
  • बोदेबर्साइनका अधिकाँश पोलिक्लिनिक र औषधी पसल अवैद्य

     लहान । सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकाँश स्वास्थ्य प्रतिष्ठान अवैद्यरुपमा संचालन रहेको खुलासा भएको छ ।  बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सँचालनको लागि नगरपालिकाबाट दर्ता गराएपनि आवश्यक मापदण्ड पुरा नगरेको स्थानीयको दावी छ । उता, लाईफ केयर पोलिक्लिनिक प्रालिको नाम दिएपनि दर्ता विना नै संचालन गर्दै आएका छन् ।  सरोकारवाला निकायले पोलिक्लिनिक संचालनको लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ । नइमा हेल्थ केयरको फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी संचालक नइमा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ४७९ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा : निजि काममा सरकारी जेसिबी प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित

    संजय विश्वकर्मालहान २८, असोज । सिरहाको नवराजपुर गाउँपालिकाका गापा अध्यक्ष विश्वमोहन यादवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेका छन् । अध्यक्ष यादवले आफ्नो  निजि जग्गामा पोखरी खन्न पालिकाको सरकारी गाडी जेसिबी  प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर - ४ निवासी जिवछ प्रसाद यादवले बताए ।आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा  पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ ।वडा नम्बर - ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले

    • प्रकाशित मितिः असोज २८, २०७८
    • १,१६८ पटक पढिएको
    • धर्तीमाई
  • कुटपिट गरी श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

    अर्घाखाँची । घरायसी विवादमा पत्नीलाई कुटपिट गरि हत्या गर्ने ब्यक्ति पक्राउ परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका - २ स्थित हल्दीटारा निवासी वर्ष ४३ को लाल बहादुर कुमालले आफ्नो श्रीमती वर्ष ३० कि सीता कुमाललाई कुटपिट गरी हत्या गरेको खबर छ ।आपसी विवादका कारण लालबहादुरले २७ असोज दिउँसो करिब १ बजे तिर आफ्नो पत्नीलाई भौतिक यातना दिई हत्या गरेको स्थानीय बताउँछन् । कुटपिटमा संलग्न लाल बहादुर र उनका पत्नी हाल अर्घाखाँची छत्रदेव गाउँपालिका-८ स्थित एक भाडाका घरमा बस्दै आएका थिए ।स्थानीयले दिएको जानकारी लगत्तै प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा ७ जनाको टोली खटि गई कुटपिटमा संलग्न व्यक्ति लाल बहादुर कुमा

    • प्रकाशित मितिः असोज २८, २०७८
    • ४९४ पटक पढिएको
    • धर्तीमाई
  • सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षद्वारा पत्रकारमाथि दुर्ववहार

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् ।वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका हुन् ।सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि

    • प्रकाशित मितिः असोज १३, २०७८
    • ३६३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा

    लहान , १२ असोज । सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा भएको दावी गरिएको छ । प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर - २ का सोतिराम यादवले बताए । त्यस्तै सोही आ

    • प्रकाशित मितिः असोज १२, २०७८
    • ६१७ पटक पढिएको
    • धर्तीमाई
  • सिराहाको ठाढी नाकामा तस्करको रजाइँ

    लाहान । आइतबार मध्यराती लहान नगरपालिका–३ ठाढी चोकबाट इन्स्पेक्टरसहितको टोलीले खैनी(सुर्ती) र चिनीले भरिएको मिनि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा लग्यो। अँध्यारोमा भारतबाट तस्करी गरी ल्याएको आशंकामा पक्राउ गरिएको उक्त परिमाणको चिनी र खैनीसहितको मिनी ट्रक उज्यालो नहुँदै लहान प्रहरीले छाडिदियो।  कुनै कागजात नभएर पक्राउ गरी प्रहरी कार्यालय लगिएको ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक कागज बुझाएपछि छाडिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालले बताए। भन्सारको निलामी कागजात बुझाएपछि हामीले छाडिदिएको उनले बताए।भन्सारमा निलाम भएको सामान ल्याउन मध्यरात अन्ध्यारोको साहारा किन

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,०४४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]