राजनीति

    Showing ७१-८० of १४५ items.
  • बरियारपट्टीमा जसपाका महतो पुनः निर्वाचित

    सिराहा । सिराहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा सन्तोष  महतो पुनः निर्वाचित भएका छन् । महतो जनता समाजवादी नेपालबाट निर्वाचित भएका हुन। महतोले ३ हजार ८४४ मत ल्याएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उपेन्द्र प्रसाद यादवले ३ हजार ५३४ मत प्राप्त गरेका छन् । निर्वाचित महतो  ३ सय १० मतको अन्तरले विजयी भएको हो । त्यसैगरी उपाध्यक्षमा काङ्ग्रेस कि ममता यादव ५१२ मतान्तरले निर्वाचित भएकी छिन् । उक्त गाउँपालिकामा ४ वटा वडा काङ्ग्रेसले जितेका छन् भने १ वटा वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ४६५ पटक पढिएको
    • धर्तीमाई
  • पालिकाद्वारा सम्पुर्ण सेवा सुविधा जनचाहना बमोजिम प्रदान गर्ने निर्णय : शिव उदगार यादव

    सिराहा । सिराहाको दक्षिणवर्ती गाउँपालिका नवराजपुरले पहिलो बैठकबाट विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। जसपा बाट नवनिर्वाचित गाउँपालिका अध्यक्ष शिव उदगार यादव(शिवा) ले पालिकाद्वारा सम्पुर्ण सेवा सुविधा जनचाहना बमोजिम प्रदान गर्ने उदघोष गरेका छन् । जेठ ६ गते बसेको पहिलो बैठकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी विधालयमा गुणस्तर शिक्षाको लागि पुर्वाधारको ब्यवस्था गर्ने निर्णय गरेको छ । त्यसैगरी कृषि क्षेत्रको बिकासका लागि कृषकहरूलाई नि:शुल्क कृषि मिटर उपलब्ध र सोको शुल्क भुक्तानीको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । विपन्न सुत्केरी महिलाका लागि आर्थिक सहयोग, पालिकावासीको लागि जिल्लाभरी नि:

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ५३४ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी: बलान बिहुल गाउँपालिकको अध्यक्षमा जनमत पार्टीका खेमचन्द्र निर्वाचित

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनमत पार्टी  विजयी भएको छ । कुल २ हजार ९९४ मत ल्याई जनमत पार्टीबाट पालिका अध्यक्षमा खेमचन्द्र यादव निर्वाचित भएका छन । त्यसैगरी उपाध्यक्षमा पनि सोही पार्टीका रेणु यादव निर्वाचित भएका छन् । खेमचन्द्र यादवका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले भने २ हजार २४७ मत प्राप्त गरेका छन त्यसैगरी उपाध्यक्षमा निर्वाचित रेणुले २ हजार ६९० मत प्राप्त गरिन भने उनको  निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • ६६३ पटक पढिएको
    • धर्तीमाई
  • जसपाका गढ मानिएको बलान बिहुलमा जनमत र एमालेको विजयी शुरूवात

    रासिन्द्र यादव सप्तरी । जसपाका गढको रुपमा मानिएको सप्तरीको बलान विहुल गाउँपालिकामा जनमत र एमालेले विजयी शुरुआत गरेका छन् । वडा न. - १ बाट  जनमत पार्टीका रामकुमार यादव ३९५ मत ल्याई विजय भएका छन् भने उता वडा-६ बाट एमालेका सुरुज दासले ६४४ मतले विजय भएको छ। गाउँपालिका अध्यक्षमा जनमत र एमाले बिच कडा प्रतिस्पर्धा रहेको छ । गत निर्वाचनमा नेतृत्वमा आएका जसपा यसपटक भने फराकिलो मतले पछि परेको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • १,८४४ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल: जनमत पार्टीबाट अध्यक्षका उम्मेदवार यादवले गरे पहिलो मतदान

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा शान्तिपुर्ण रुपमा निर्धारित समयमै मतदान शुरु भएको छ । मतदानको शुरूवातमै बलान बिहुल १ स्थित दुर्गा तारा अधारभुत बिधालयको केन्द्रमा जनमत पार्टीबाट पालिका अध्यक्षका उम्मेदवार खेमचन्द्र यादव(शिवराम) ले पहिलो मतदान गरेका छन् । यादवले पालिकावासीलाई भयरहित वातावरणमा मतदान गर्न अपिल गरेका छन् । 

    • प्रकाशित मितिः बैशाख ३०, २०७९
    • १०७ पटक पढिएको
    • धर्तीमाई
  • स्वतन्त्र उम्मेदवार महतोको शक्ति प्रदर्शनले गोलबजारमा राजनैतिक तरङ्ग

    सिराहा । गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज शक्ति प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएको महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन् । जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको स्वतन्त्र मेयरका उम्मेदवार महतोले उम्मेदवारी दिएपछि चुनावको माहोल तात्तिएको छ । बिगत ५ वर्षमा स्थानिय सरकारले चरम अनियमितत्ता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै स्थानिय जनताले बिकल्पको रुपमा महतोलाई लिएका छन् ।उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो  पहिलो प्राथमिकता रहेको बताएको छ । नगरपालिकाको बिकास तथा

    • प्रकाशित मितिः बैशाख २७, २०७९
    • ९२४ पटक पढिएको
    • धर्तीमाई
  • लक्ष्मीपुर पतारीमा जसपाको बर्चस्व, मधेशवादी दलका अनुभवी नेता यादव मैदानमा

    सिराहा । तत्कालीन नेपाल सदभावना पार्टीको संस्थापक सदस्य भएर राजनीति क्षेत्रमा लागेका नेता केदारनाथ यादव जसपा बाट लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।मधेसीको पहिचान र स्वाभिमानको लडाइँमा नेता यादवको अहम भुमिका रहेको जसपाको केन्द्रिय सदस्य एवं युवा नेता राजकुमार गुप्ताले बताए। यस अघिको चुनावमा पनि लक्ष्मीपुर पतारीमा जसपाबाट रामबल्लब साह अध्यक्षमा जितेका थिए ।जसपाको गढ मानिने यस पालिकामा अन्य पार्टीहरुलाई भने ज्यादै संघर्ष गर्नुपर्ने देखिन्छ । गत चुनावमा पार्टीलाई जिताउन मुख्य भुमिका खेल्ने नेता केदारनाथ यादव यसपटक आफै चुनावी मैदानमा उत्रेका छन् । मधेस प्रतिको उनको त्

    • प्रकाशित मितिः बैशाख २७, २०७९
    • ८१४ पटक पढिएको
    • धर्तीमाई
  • अपाङ्गतामैत्री मतदान केन्द्र र प्रविधियुक्त भोटिङ्ग

    परशुराम साह सिराहा ।  आफुलाइ मन परेको उम्मेद्वार वा राजनितिक दललाई भोट दिनु भनेको मतदाताको अधिकार हो । लोकतन्त्रमा नागरिकले शासन ब्यवस्थामा सहभागी हुने पहिलो पाइला भनेको मतदान गर्नु नै हो । शासन ब्यवस्थामा सहभागी हुन पाउनु गर्वको कुरो हो ।मतदान नगरेमा एक मतले पनि उम्मेद्वार हार्न सक्छ । जनताको अभिमतलाइ प्रतिनिधिको रुपमा रुपान्तरित गर्ने बैज्ञानिक तरीका चुनाव नै हो । नागरिकले आफ्नो मताधिकार सही ठाउँमा प्रयोग गर्न सकेन भने लोकतन्त्र नै कमजोर बन्दै जान्छ त्यसैले मतदानको अवसर प्रयोग गर्नवाट छुट्नु हुदैन। दण्डहीनताको अन्त्य र कानूनको शासनलाई बलियो बनाउन मताधिकारको प्रयोग गर्नुपर्छ ।भ्रष्ट ,अपर

    • प्रकाशित मितिः बैशाख २६, २०७९
    • १९९ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा एमालेकोलागि गठबन्धन 'माईग्रेन'

    सिराहा । गठबन्धन र नेकपा एमालेबीच लाहानमा मुख्य प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो चुनावको भन्दा यसपालिको माहौल फरक भएको जनस्तरमा चर्चा छ। अघिल्लो चुनावमा एमालेबाट लाहानका मेयरमा निर्वाचित मुन्नी साह सुडीलाई यसपालि भने कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । जहिले पनि ५ हजार जति मत माथी आफ्नो दबदबा कायम राख्ने साहको बजार क्षेत्र एमाले टुक्रिएदेखी नै बिग्रेको छ । एकीकृत समाजवादीबाट बजार क्षेत्रकै अर्को चर्चित उमेदवार विनोद साहले मेयरमा प्रतिस्पर्धा गर्दाको ठूलो झटका मुनि साहलाई लागेको छ । घरदैलो कार्यक्रममा रहेका अन्य पार्टीहरु भन्दा गठबन्धनका उमेदवारहरुको हौसला बुलन्द रहेको देखिन्छ जसको कारण

    • प्रकाशित मितिः बैशाख २३, २०७९
    • ९०४ पटक पढिएको
    • धर्तीमाई
  • बिते हुवे ५ वर्षका बिकास सिर्फ ट्रेलर है फिल्म तो अभि बाकी है : केदार यादव

    बिरेन्द्र यादव सिराहा । रोड कनेक्टिभिटी, सिचाइ, कृषि सडक, शैक्षिक सुदृढीकरण लगायतके सवालमे बर्षों से जुझ रहे सिराहाका सखुवानन्कारकट्टी गाउँपालिकाका जमिनी हालात बयाँ करते हुवे एक कृषक रमेश यादव कहते है 'अब लगता है हम समृद्धि के ओर जारहे है ।' यादवके अनुसार गाउँपालिकामें  कुछ गाँव ऎसे थे मानो बिकास उन गाँवोसे मुह मोड लिया हो । ना सडक, ना शिक्षा ना हि स्वास्थ कि सुविधाएं परन्तु अभिके हालात कुछ और है । पालिकाके एक युवा विधार्थी रन्धिर साहका कहना है कि 'गाउँपालिका अध्यक्ष केदारनाथ यादवने जोकुछ बदलाब किए है वो काबिले तारिफ है । अध्यक्ष यादव अभि के दौरमे युवा पुस्ताके लिए प्रेरणाका श्रोत ब

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • ६६६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]