राजनीति

    Showing ३१-४० of १४५ items.
  • भानुभक्त वाचनालयको दोहोरो उद्घाटन चैत २६ गते हुने

    सिराहा । लहान ७ स्थित निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुनः उदघाटन हुने भएको छ । लाहानका पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गरेको  भवनको वर्तमान मेयर महेश प्रसाद चौधरी पुनः उद्घाटनको तयारीमा जुटेका छन् ।गत वर्ष २०७८ चैत २१ गते उक्त भवन नगरप्रमुख मुनी साहले उद्घाटन गरेका थिए । उद्घाटन भएको भवन यहि महिना दोहोरो उदघाटन हुने तयारी भइरहेको लहान- ७ का वडाध्यक्ष राम औतार शर्माले बताए ।पुर्व नगरप्रमुख साहको नाम लेखिएको उदघाटन शिलालेख हटाएर नयाँ मेयर चौधरीको नाम लेखिएको शिलालेख टाँस गरिएको छ । त्यसैगरी लहान -१ मा निर्माण भएको सलहेस दिनाभद्री कम्पलेक्स भवनको नाम बदलेर सिंग्राही मटियर्वा राख

    • प्रकाशित मितिः चैत्र १९, २०७९
    • ३९६ पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै, सरकारी सम्पत्ति गैरकानूनी रुपमा बेचबिखन

    सिराहा । लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको व्यापक गुनासो आएको छ । लहान ७ को वडा अध्यक्ष राम औतार शर्माले नगरपालिकाको स्वामित्वमा लाखौं मुल्य पर्ने कबाडी बिना निर्णय बेचेका छन् । नगरपालिकाको पुरानो कार्यालय भवन भत्काई नयाँ भवन निर्माण गर्ने भन्दै पूरानो भवनको झयाल, ढोका, ग्रील, रेलिङ्ग लगायत बर्षौं देखि रहेको पूरानो मेशिनरी पार्ट्स तथा कवाडी फलामका सामान र संरचनाहरु बेचेका छन् । वडा अध्यक्ष शर्माले कुनै प्रकारको लिलामी प्रक्रिया नअपनाई कबाडी सामान बेचेको आरोप लागेको छ् ।अध्यक्षको पदिय गरिमा समेतको ख्याल नगरी नगरपालिकाकै ट्र्याक्टर तथा सरसफाइ कर्मचारीहरुलाई  प्रयोग गरी करिब

    • प्रकाशित मितिः चैत्र १९, २०७९
    • १,९५२ पटक पढिएको
    • धर्तीमाई
  • बैजनाथ बाबाको श्राद्धमा मन्त्री देखि मेयर सम्मको उपस्तिथि, सबैले दिए श्रद्धाञ्जली

    रासिन्द्र यादव सप्तरी । सप्तरी बलान बिहुल १ का पुर्व वडा अध्यक्ष बैजनाथ यादवको निधन भएको छ । बैजनाथ बाबा उपनामले चिनिने यादवको समपिन्डन कार्यक्रममा पुर्व मन्त्रीहरु लगायत वर्तमान निर्वाचित सांसदहरु समेतको उपस्तिथि रहेको थियो। सफलता पुर्वक आफ्नो कार्यकाल सकाएको वृद्ध बाबा बैजनाथ यसपालिको स्थानीय चुनावमा उम्मेदवारी दिनु भएको थिएन । वहाँको मृत्युको खबरले मर्माहत भएर स्थानीय निकायले पालिका भित्र सार्वजनिक बिदा समेत दिएको थियो । बिहीवार बाबा बैजनाथको श्राद्ध कार्यक्रममा पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, रेणु यादव, राजलाल यादव लगायत वर्तमान प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह, पुर्व गा.पा अध्य

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ४०६ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा क्षेत्र १(ख)मा गुप्ताको पकड बलियो, राष्ट्रिय अध्यक्ष यादवले बढाए हौसला

    सिराहा । सिराहा क्षेत्र १ (ख) मा जनता समाजवादी पार्टीका प्रदेश सभा उम्मेदवार राजु गुप्ता (राजकुमार गुप्ता) ले आफ्नो पकड बलियो बनाएको छ । गत प्रदेश सभा चुनावमा झिनो मतले पराजित भएका नेता गुप्ताले यसपटक आफ्नो राजनैतिक अभ्यासलाई सुदृढ गर्दै जनमानसमा सकारात्मक प्रभाव पार्न सफल भएको स्थानीय बताउँछन् । लाहान २ का एक स्थानीय सुरेश सदायका अनुसार नेता गुप्ता एक जनप्रिय् , शालीन एवं बौद्धिक नेता हुन । उनको जितले यस क्षेत्रलाई समृद्धिको पथमा डोर्‍याउछ । त्यसैगरी अर्का एक पतारी निवासी सुकदेव यादवले भने 'नेता राजु गुप्तालाई सम्पुर्ण समुदायको सहानुभूति छ । उनको जीत सुनिश्चित छ।' सखुवानन्कारकट्टीका एक युवा

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ७१३ पटक पढिएको
    • धर्तीमाई
  • हर्क साम्पाङको शैलीमा भोट माग्दै सिराहाका स्वतन्त्र उम्मेदवार श्रेष्ठ

    रासिन्द्र यादव सिराहा । न कुनै तामझाम, न कुनै लावालस्कर एक्लै एक्लै बाईकमा स्पिकर बाधेर आफ्नो घोषणापत्र सुनाउदै हिडछन्  सिराहा १ (क) का स्वतन्त्र उम्मेदवार रबिन्द्र श्रेष्ठ । उनको घरदैलो कार्यक्रम धरान उपमहानगरका मेयर हर्क साम्पाङको चुनावी शैली भन्दै स्थानीयले प्रतिक्रिया दिईरहेका छन् । उद्योग बाणिज्य संघ सिराहा लाहान लगायत विभिन्न संघ संस्थामा रहि लामो अनुभव बटुलेका नेता श्रेष्ठले राजनैतिक रुपमा बिकृत समाजलाई सुधार्न स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताउँछन् । शक्तिशाली गठबन्धनका उम्मेदवारहरु बिच नेता श्रेष्ठको उपस्थिति केहिदिन अगाडि सम्म झिनो देखिएतापनी उनको अदम्य साहास र निरन्तर जनसम्

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ३६० पटक पढिएको
    • धर्तीमाई
  • स्वच्छता अभियानी यादव दुई ढुङ्गा बिचको तरुल बन्दै

    बिरेन्द्र (बिरु) यादवसिराहा । दुई शक्तिशाली गठबन्धनका उमेदवार बिच सिराहा क्षेत्र न. २ का स्वतन्त्र उम्मेदवार देवकुमार यादवले आफ्नो चुनावी प्रचारलाई निरन्तरता दिएका छन् । अन्य पार्टीले गाडीको लस्कर लगाएर जनता सामु आफ्नो उपस्थित जनाईरहेको बेला स्वतन्त्र उम्मेदवार यादवले भने बिना कुनै तामझाम आफ्ना केहि समर्थकलाई लिएर चुनाव चिन्ह क्रस खुकुरीमा मत माग्न घरदैलो कार्यक्रम गर्दै गरेको पाईएको छ । पत्रकारिता क्षेत्रमा लामो योगदान रहेको नेता यादव पत्रकार महासंघ सिराहाका दुई पटक निर्वाचित अध्यक्ष र एक पटक निर्वाचित केन्द्रिय सदस्य भएका थिए । सिराहालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा तथा खानेपानी र सरसफाइ

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १८५ पटक पढिएको
    • धर्तीमाई
  • नेता यादव समानुपातिकमा सिफारिस

    सिराहा । नेपाली कांग्रेस सिराहाका अनुभवी नेता सुर्यनारायण यादव प्रतिनिधिसभाको लागि समानुपातिकमा सिफारिस भएको छ । यही मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा  सिराहा क्षेत्र नम्बर -१ को लागि यादवको नाम सिफारिस भएको बुझिएको छ । पार्टी स्रोतअनुसार यस क्षेत्रमा प्रतिनिधिसभा समानुपातिकमा नेता यादव एक्लैको नाम सिफारिस भएको हो । विगत लामो समयदेखि नेपाली कांग्रेसमा लागेका नेता सुर्यनारायण यादव स्वर्गीय प्रदीप गिरीको निकटतम मित्र मानिन्छ ।  भारतका मधुवनी स्थित आ. के. कलेजमा स्नातक अध्ययन गरेका नेता यादव २०२८ मा विद्यार्थी युनियनबाट आफ्नो राजनैतिक यात्रा शुरु गरेका थिए।

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ६७२ पटक पढिएको
    • धर्तीमाई
  • रविन्द्र श्रेष्ठ सिराहा क्षेत्र नम्बर -१ बाट समानुपातिकमा सिफारिस

    सिराहा । जनता समाजवादी पार्टी नेपालका युवा नेता रविन्द्र श्रेष्ठ सिराहा क्षेत्र नं. १ बाट संघिय निर्वाचन तर्फ समानुपातिक कोटाका लागि सिफारिस गरिएको छ । नेता श्रेष्ठको नाम आदिवासी जनजाति समावेशीबाट सिफारिस भएको खबर प्राप्त भएको हो । विगत लामो समय देखि पत्रकारिता, होटल व्यवसाय, उद्योग बाणिज्य संघ, युवा क्लब, रेयुकाई जस्ता दर्जनौं संघ संस्थामा लागेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि राम्रै दखल राख्छन् । तत्कालीन मधेसी जनाधिकार फोरम देखि नै मधेसवादी दलमा लागेका श्रेष्ठको मधेस आन्दोलनमा समेत भुमिका रहेको जसपाका अर्का नेता मुरारी प्रसाद साह बताउँछन् । 

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ३०५ पटक पढिएको
    • धर्तीमाई
  • आश्वासन नै आश्वासनको पालिका लाहान नगरपालिका

    लाहान । मैथिलीमा एक कहावत छ 'वकर बात घोडाके पाद' जस्को सिधा अर्थ हो बकम्फुसे कुरा गर्नु । लाहानका जनप्रतिनिधिको आश्वासन यो भनाईलाई सार्थकता दिएको छ । विभिन्न कार्यक्रम तथा सभामा चर्को भाषण गरि आश्वासन बाडने लाहान नगरपालिकाका जनप्रतिनिधिले हाल सम्म बिकासको नाममा सिन्को समेत भाँच्न नसकेको जनगुनासो बढ्दो छ । पुर्व मेयर मुनी साह सुडीको एकलौटीपन र पदिय अहमतालाई तोडन जनताले यसपालि गठबन्धनको सरकारलाई जिताए । जनताको विश्वास पाएका स्थानीय गठबन्धनका जनप्रतिनिधिले गफ बाहेक हालसम्म केहि गर्न नसक्नु दु:खद पक्ष भएको स्थानीय बताउँछन् । लाहानका मेयर महेश प्रसाद चौधरी सत्ता प्राप्त गर्नुभन्दा अगाडि र पछि वि

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • १,०३९ पटक पढिएको
    • धर्तीमाई
  • निष्ठा र ईमानको राजनीति गर्ने स्वर्गीय गिरिको अन्तिम ईच्छा पुरा नगरिनु दु:खद : युवानेता साह

    सिराहा । काङ्ग्रेसका युवानेता परमेश्वर साहले स्वर्गीय प्रदिप गिरिको अन्तिम ईच्छा पुरा नभएकोमा दु:ख व्यक्त गरेका छन् । साहले स्वर्गीय गिरिको अन्तिम संस्कार लाहानको बस्तिपुरमा गरिनुपर्नेमा काठमाडौंमा भएपछि असन्तुष्टि जनाएको छ । स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको युवा नेता साहले बताए । नेता साहले  काङ्ग्रेसका बरिस्ठ नेतालाई विभिन्न प्रश्न गरेका छन् । उनी भन्छन् : स्व प्रदिप गिरिले गरेको निष्ठा र ईमानको राजनीति ठीक हो भन्ने थाहा रहेछ भने तपाईंहरुचाहिँ त्यो ईमान र निष्ठा किन देखाउनु हुन्न?  मृत्युवरण गरेको दिन डंका पिटेर चिच्याउनु

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ८३८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]