विशेष

    Showing ५१-६० of ६२ items.
  • बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित

    सिरहा । सिरहासँगै मधेशको अन्य जिल्लामा अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ । मधेशका विभिन्न जिल्लामा बाक्लो  हुस्सु लाग्नुका साथै शीतलहर चल्न थालेको छ । मौसम नखुलेको कारण यहाँका बजार क्षेत्रमा समेत मान्छेहरुको कम चहलपहल देखिन्छ ।  मधेशका सबै जिल्लामा चिसो अत्याधिक बढेको छ । बाक्लो कुहिरोले ढपक्कै ढाक्न थालेकाले बिहान र साँझ घर बाहिर निस्कँदा जाडोले लगलगी कपाउँछ ।  चिसो हावा चल्न थालेकाले बजार क्षेत्रमा यातायातका साधन अघिपछि भन्दा निकै कम चलेका छन् । उता शिक्षण संस्थाहरुमा समेत बिद्यार्थीहरुको न्युन उपस्थिति देखिएको खबर छ । चिसोले  मजदुर, वृद्धवृद्धा र बालबालिका

    • प्रकाशित मितिः माघ १३, २०७७
    • १९८ पटक पढिएको
    • धर्तीमाई
  • सुरक्षित छैन नागरिक एप - डा. सिके राउत

    सिरहा । सरकारद्वारा जारी नागरिक एप सुरक्षित नभएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले बताएका छन । कम्प्युटर सफ्टवेयरमा समेत ईन्जिनियरिङ गरेका डा. राउत भन्छन् :-  केही दिनदेखि नागरिक एपको हल्लाखल्ला छ। 'नागरिक एप' बनाउनु निश्चय नै सराहनीय कदम हो। जो-जो यस प्रयासमा लागेका छन् तिनीहरू पक्कै पनि धन्यवादका पात्र हुन्।तर एउटा देशभरिकै नागरिकको सम्पूर्ण डेटा (बैंक खाता विवरण, पासपोर्ट, नागरिकता, शैक्षिक प्रमाणपत्र, निजी मोबाइल, त्यसको सँधैभरिको लोकेशन ट्रेस आदि) सँग खेल्नु/स्टोर गर्नु निकै नै संवदेनशील कुरा हो, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँगै जोडिएको कुरा हो।  मानौं, त्यो

    • प्रकाशित मितिः माघ १०, २०७७
    • १,१२५ पटक पढिएको
    • धर्तीमाई
  • पाँच युवाको प्रयासमा सुरु भयो कृषि कम्पनी

    धरान  /  उदयपुर र सुनसरीका पाँच युवाहरुको प्रयासमा उदयपुरको गाइघाटमा ‘बराह रौतामाई कृषि प्रालि’ सुरु भएको छ ।आइतबारबाट सञ्चालनमा आएको कम्पनीमा पाँच युवाहरुले लगानी गरेका छन् । प्रालि कृष्ण भन्डारी, नारायण दाहाल, मनोज कार्की, राजन आचार्य र लोकबहादुर दाहालको संयुक्त लगानीमा सुरु भएको हो । लगानीकर्ता मध्ये नारायण उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष हुन् भने मनोज कृषि तथा पशु प्राविधिक हुन् । त्यस्तै लोकबहादुर हरिद्वार कृषि सहकारी संस्था, बराहक्षेत्र १का अध्यक्ष, कृष्ण र राजन लजेष्टिक कम्प्युटर उदयपुरका सञ्चालक हुन् ।३० लाखको लगानीमा सुरु भएको कम्पनीमा कृषि सामग्रीहरु कुखुराको चल्ला कोरल

    • प्रकाशित मितिः पुष २७, २०७७
    • ५४ पटक पढिएको
    • धर्तीमाई
  • कार्तिक पुर्णिमाको अवसरमा सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता

    मनोज बनैता सिरहा । कार्तिक पुर्णिमाको अवसरमा सोमबार सिरहामा बयलगाडा (गोरुदौड) प्रतियोगिता भएको छ । सिरहाको बलान नदीमा गोरुदौड प्रतियोगिता भएको हो ।     बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोजना गरिन्छ । दौड प्रतियोगितामा सिरहा र सप्तरीका दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा दिघियाको जिबछ यादबको बयल (गोरु) प्रथम स्थान हासिल गरि बिजेता घोषित भएको छ । त्यस्तै बोदेबरसाईन न.पा ३ बधुवन निवासी प्रमोद यादवको बयल दोस्रो विजयता घोषित भएको छ भने तेस्रो बिजेता बलान बिहुल गा. पा वडा न. २ का बिजली यादवको बयल भएको छ ।     जित हासिल गर

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • ५०४ पटक पढिएको
    • धर्तीमाई
  • जग्गा विवादको रिसिबी साध्न काटेर राखेको धानमा आगजनी

    मनोज बनैता सिरहा । जग्गा विवादको रिसिबीमा काटेर भित्राउन लागेको दस कट्ठाको धानमा आगजनी गरिएको छ । आगजनीमा सम्पुर्ण धानको बोझ नष्ट भएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ५ मा कात्तिक १ गते भएको जग्गा विवादको कारणले आगजनी गरिएको हो । धनगढीमाई -५ निवासी पिडित जग्गाधनी शत्रुधन चाैधरी ७ जना दाजुभाई छन । उनको आफनै दाजुभाईको उस्काहटमा जुरीलाल चौधरीले आगो लगाएको पीडितको आरोप रहेको छ । पीडितको अनुसार बोझ बाधेर राखिएको धानमा ईश्वरलाल चाैधरीको अगुवाइमा आगो लगाईएको हो । सवुरलाल, जुरिलाल, मिश्रिलाल, ईश्वरलाल, छविलाल र जंगबहादुर लगायत शत्रुधन जम्मा ७ दाजुभाइ छन । उनीहरूको अंशबण्डा करिब ८वर्ष अगा

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • ३०७ पटक पढिएको
    • धर्तीमाई
  • मधेशी भन्दै कुटपिट, स्वाधीन मधेश जन-अभियानद्वारा भत्सर्ना

    सिरहा । बीरगंज, पर्साका अभिषेक पाण्डे आफ्नो परिवारका साथ देवीघाट घुम्न जाने क्रममा सांघातिक हमलाको सिकार बनेका छन ।   केही उछृंखल यूवाहरुको जमातले देशी, मधेशी र भारतीय जस्ता क्षेत्रिय र नश्लीय अभद्र शब्दहरुको प्रयोग गरी पाण्डेलाई कुटपिट गरिएको खबर छ । घटनामा पाण्डे सख्त घाईते भएका छन । उनको टाउको र गालामा गम्भीर चोट लागेको उनका पारिवारिक श्रोतले जनाएको छ ।   घटना पश्चात स्वाधीन मधेश जन-अभियानका संयोजक कैलाश महतोले बिज्ञप्ती जारी गर्दै यस्ता उछृङ्खल क्रियाकलापको घोर भत्सर्ना गरेका छन । यस्ता घटनाहरुलाई रोक्न राज्यले आवश्यक कानुनको प्रयोग नगरेको र पर्यटकीय स्थल समेतमा रहने प्रहरी प

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ३९८ पटक पढिएको
    • धर्तीमाई
  • जसपाका युवा नेता गुप्तालाई पितृ शोक

    सिरहा । तत्कालीन सदभावना पार्टीका सह-महामन्त्री, हाल जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राज कुमार गुप्ता(राजु गुप्ता) लाई पितृ शोक परेको छ । उनका बुवा राम लोचन प्रसाद गुप्ताको मंगलवार बिहान निधन भएको हो ।   युवा नेता राजु गुप्ताको मार्गदर्शकको रुपमा रहेको उनको बुवा राम लोचन गुप्ताको १०० वर्षको उमेरमा निधन भएको पारिवारजनले बताएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका निवासी स्वर्गीय गुप्ताको पार्थिव शरीरलाई मंगलवार हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको खबर प्राप्त भएको छ ।   दाहसंस्कार कार्यक्रममा जिल्लाभरीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । विभिन्न पार्टीका नेताकार्यकर्त

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • २८१ पटक पढिएको
    • धर्तीमाई
  • चाडपर्व शान्तिपुर्वक घरमै बसी मनाउन सिडियो कनेलको आग्रह

    मनोज बनैता सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सुचना जारी गर्दै शान्तिपुर्ण रुपले घरमै बसी तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमा लगायतका चाडपर्व मनाउन आग्रह गरेका छन । कोभिड -१९ समुदायस्तरमा फैलिएको हुँदा चाडपर्वमा हुने भिडभाडले अवस्था झन जटिल बन्न सक्ने भन्दै सिडियो प्रदिप कनेलले सिरहावासीलाई संयमित रहि पर्व मनाउन अनुरोध गरेका हुन। जारी गरिएको सुचना अनुसार तिहार र छठमा पटाखा जस्ता विस्फोटक पदार्थ तथा प्रज्जवलनशिल पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।   जारी सुचना अनुसार दिपावलीमा दिप, लाईटर, सलाई जस्ता आगोजन्य वस्तु बालबालिकाबाट टाढा राख्न समेत अनुरोध गरिएको छ

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • ४४१ पटक पढिएको
    • धर्तीमाई
  • सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानीयको विरोध

    बिराटनगर : सार्वजनिक ठाउमा रहेको लगभग सय वर्ष पुरानो पिपलको रुख को केही अंश आफ़्नो जग्गामा परेको भनि काट्न आटेको बेला स्थानिय तथा हिन्दु धर्म प्रेमी स्वयमसेवकहरुले विरोध जनाएका छन । धेरैको आस्था जोडिएको नेपाल भारत सिमा बिराटनगर महानगर पालिकाको १६ नम्बर वडामा रहेको बिराटनगर भन्सार कार्यालय नजिक उत्तर तर्फ़ रहेको पिपलको रुख प्रदिप नेवटियाले रुख काटी सोही स्थानमा सटर निर्माण गरी भाडामा लगाउन खोजेको हुनाले स्थानिय बिरोधमा उत्रेका हुन । दैनिक पुजा पाठ गर्ने हिन्दु धर्म प्रेमी स्थानियहरु को पहलमा रास्ट्रिय बजरंग बल नेपाल को केन्द्रीय अध्यक्ष लालबाबु पासवानको सहियोगमा स्वयमसेवकहरु भेलापारी रुख काट्न

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • ९३८ पटक पढिएको
    • धर्तीमाई
  • धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश

    राजेन्द्र महतो लहान : जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश जारी गरेको छ । आज रातिदेखि लागु हुनेगरी हुनेगरी सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना नगर्न, सभा, जुलुस, वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड विपरीत यातायात, उद्योग, व्यापार, व्यवसायलगायतका गतिविधीहरु सञ्चालन गर्न निषेध गरिएको हो । कोरोना संक्रमण न्यूनिकरण गर्न स्वास्थ्य र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै ज

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • १२९ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]