अर्थ

    Showing ११-१७ of १७ items.
  • गाउँपालिकाको जागिर छोडी कृषि पेशामा आबद्ध यादवद्वारा ग्रामीण उत्पादनमा जोड

    मनोज बनैता सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका स्थित ईटहर्वामा पशुपालन फर्म संचालनमा आएको छ । समिक्षा एकीकृत पशुपालन फर्मको नामले संचालित उक्त फर्मले विभिन्न प्रजातीको घरपालुवा पशु तथा तरकारी उत्पादनलाई जोड दिएको छ । २०७६ सालमा संचालित उक्त फर्म जम्मा १.५ बिघा जग्गामा फैलिएको छ । फर्मका संचालक देविन यादव आईटी(ईन्फर्मेशन टेक्नोलोजी) पढेका युवा हुन । सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको रुपमा काम गर्दै आएका यादव फोहोर राजनीतिको शिकार भई कृषि पेशा तिर होमिएको उनले बताए । उनले ग्रामिण उत्पादनलाई विशेष जोड दिने बताएका छन् । यादवले 'फर्मले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • १,१८१ पटक पढिएको
    • धर्तीमाई
  • नयाँपनको साथ लाहानमा प्रकाश स्वीट हाउस संचालित, ग्राहकको घुइँचो

    सिरहा । नयाँपन र अझ बढी आकर्षणका साथ लहानका प्रकाश स्वीट हाउस ग्राहकको सेवामा जुटेका छन । लाहान ६ मा पर्ने राधाकृष्ण चौक भन्दा करिब २० मिटर पुर्व रहेको नयाँ बजारमा अवस्थित प्रकाश स्वीट हाउसले ३ दशक देखि ग्राहकलाई सेवा दिदै आएको छ । लहान -५ मा पर्ने उक्त स्वीट हाउस नयाँ स्वरुपका साथ विहिबार देखि सञ्चालनमा आएको हो ।   २०४५ साल देखि नै संचालित प्रकाश स्वीट हाउस नयाँ स्वरुप सहित उत्कृष्ट स्वाद र गुणस्तरीय परिकारहरुका साथ लहानका ग्राहकलाई आकर्षित गर्ने कसरतमा लागेका छन । संचालक विजय साहले मिष्ठान भन्डारको आधुनिकता र प्राकृतिक स्वादले ग्राहकलाई पहिला भन्दा पनि बढ

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ४२१ पटक पढिएको
    • धर्तीमाई
  • तलब नपाएपछि बलान बिहुलका कर्मचारी आन्दोलित

    रासिन्द्र यादव सप्तरी । तलब र भत्ता नपाएपछि सप्तरी बलान बिहुल गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन । लामो समय सम्म तलब भत्ता नपाएपछि दसैं खल्लो भएको भन्दै शिक्षक, स्वास्थ्यकर्मीलगायतका सम्पुर्ण कर्मचारीले गा.पाको उदासीनता प्रति चिन्ता ब्यक्त गरेका छन । सोमबार आन्दोलित कर्मचारीले गाउँपालिका कार्यालय अगाडि धर्ना दिएका छन । उता गा.पा स्रोतअनुसार परिषदमा भएको ढिलासुस्तीले यस्तो समस्या भएको जनाएको छ । नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने 'जनप्रतिनिधिहरुको ब्यक्तिगत स्वार्थका कारण परिषदमा ढिलाई भएको हो । योजना बाँडफाँड नमिलुन्जेल सम्म हाम्रो तलब रोक्नु अन्याय हो ।'  

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • १,७४९ पटक पढिएको
    • धर्तीमाई
  • चिकनामा बैंकिङ सेवा शुरु, स्थानीय हर्षित

    सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित चिकनामा बैंकिङ सेवा शुरुवात भएपछि स्थानीय हर्षित भएका छन । सोमबार एक कार्यक्रमका बिच ग्लोबल आईएमई बैंकले शाखा रहितको सेवा बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकिङ सेवा उपलब्ध नभएको बेला चिकनावासीले असाध्यै सास्ती खेप्नु परेको स्थानीय रोहित साहले डिएम खबर संग कुराकानी गर्दै बताए । उनको अनुसार यस भन्दा अगाडि पैसा झिक्न र जम्मा गर्न मिर्चैया पुग्नुपर्ने बाध्यता थियो जुन सुरक्षाको हिसाबले ज्यादै जोखिमपुर्ण थियो । मिर्चैया सम्म १५ किलोमिटरको यात्राले अब भने विश्राम पायो । बैंकिङ्ग सेवा भव्य कार्यक्रमको साथ शुरूवात गरिएको छ भने उक्त कार्यक्रम प्रदेश २

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • ३९९ पटक पढिएको
    • धर्तीमाई
  • बिधालय बने भ्रष्टाचारको अड्डा, प्र.अ साहमाथि अनियमितताको आरोप

    लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै ब्यापक बिरोध भएको छ । साहले व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक चलखेल गरेको जसपाका युवाहरूले आरोप लगाएका छन । युवाहरूको अगुवाई गर्ने जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साह माथि त्यस्तो गम्भीर आरोप लगाएका छन । पत्रकार सम्मेलन गर्दै युवा नेता यादवले भने 'हाम्रा प्र.अ साहले विद्यालयको करिब अढाई कट्ठा जग्गा सुटुक्क एक स्थानीय व्यक्तिलाई नामसारी गरिदिएका छन । त्यसैगरी साहले २०७२ सालमा डिभ

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ८३३ पटक पढिएको
    • धर्तीमाई
  • सरकारको उदासीनताले कृषि पेशा छाड्नु न समाउनुको अवस्थामा छु : महिला किसान राधा देवी

    सप्तरी । नेपालमा पछिल्लो समय किसानका पिडा र वेदनामाथि राम्रै संग राजनितिकरण भएको सप्तरी बलान बिहुल गाउँपालिकाकी एक महिला किसान राधा देवीले गुनासो पोखेकी छिन । उनले कृषि जगतमा हुँदैगरेको राजनीतिकरण रोक्नुपर्ने बेलामा सम्बन्धित निकायहरु गम्भीर नहुनु देशकै लागि बिडम्बना भएको बताएकी छिन । बलान बिहुल -१ (नयाँ टोल मल्हनिया) घर भएकी महिला किसान राधा देवीले भनिन 'राजनैतिक पकड नभएको हामी जस्ता कृषकलाई बिभिन्न अनुदान, तालिम तथा सुविधाहरु प्रदान गर्नु पर्नेमा त्यसको उपभोग पनि टाठा बाठाहरुले मात्रै गर्नु दु:खद हो । यसो हुँदा हामी जस्तो कैयौं वास्तविक किसानहरु विभिन्न सुबिधाबाट अझैपनि बन्चित छन् । राधा द

    • प्रकाशित मितिः असोज २९, २०७७
    • ५६९ पटक पढिएको
    • धर्तीमाई
  • यसपालिको दशैंमा नयाँ नोट नसाटिने

    काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट नसाट्ने जनाएको छ । बैंकले सूचना जारी गर्दै दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने जनाएको हो ।  बैंकले भनेको छ, “नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च जोखिम रहेकाले यो वर्ष नयाँ नोट सटही गरिँदैन।” यस्तै, राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमासमेत संक्रमण निकै फैलिएकाले नयाँ नोट साट्नु जोखिमपूर्ण हुने बताइएको छ।

    • प्रकाशित मितिः असोज २७, २०७७
    • ११२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]